ओलीको कदम विरुध नेकपा सहित ३ दल एक ठाँउमा

काठमाडौं पुस ५,
प्रधानमन्त्री केपी ओलीले संसद विगठन गरेपछि नेकपा सहितका दलले विगठनको संयुक्तरुपमा प्रतिवाद गर्ने भएका छन् ।
नेकपाका ओली निकट इत्तरका नेता सहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादीले संयुक्त रुपमा ओलीको कदमको प्रतिवाद गर्ने भएका हुन् ।
नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भएका थिए ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर गरेको छ ।आइतबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले संविधानले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था परिकल्पना नै नगरेको भन्दै सरकारको कदम संविधान विपरीत भएको निश्कर्ष निकालेको हो ।