ओलीलाई अनुशासनको कारवाही गर्दै नेकपा

काठमाडौं पुस ५,
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै नेकपाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अनुसाशनको कारवाही गर्ने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि नेकपाले अनुसाशनको कारवाही गर्ने भएको हो ।
नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा अनुसाशनको कारवाही प्रस्ताव पेश गर्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जनाकारी दिए ।
संसद विघटन पछिको गतिरोधको विषयमा छलफल गर्न नेकपाले भोली दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।