गत चौबीस घण्टामा देशभर ७ सय १० जनामा कोरोना पुष्टि ,उपत्यकामा मात्र २ सय ३८

स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा दिदै आएको कोरोना अपडेटमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६ सय २० वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र २ सय ३८ जना सहित देशभर ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको बताए।
प्रवक्ता गौतमकाअनुशार गत चौबीस घण्टामा कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ७ सय ८८ रहेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको छ ।
चौबीस घण्टामा कोरोना मुक्त १ हजार ९७ जना रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुने २ लाख ४० हजार ६ सय ६४ रहेका छन ।अहिलेसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ रहेको जानकारी दिए।
देशभर क्वारेन्टिनमा ४ सय २१ जना रहेका छन् । भने देशभर सक्रिय संक्रमित संख्या ८ हजार ३ सय २० जना रहेका छन् ।