ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वानुमान महाशाखाको प्रक्षेपणविपरित तापक्रम घट्दै,

उत्तर पश्चिमबाट आएको चिसो सुख्खा वायुका कारण बढेको चिसो आइतबारसम्म कायम रहने र न्यूनतम तापक्रम दुई डिग्रीको हाराहारीमै रहने महाशाखाले जनाएको छ ।

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो भने शुक्रबार वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसममा एक्कासि गिरावट आउनुमा मौसमविद् भने उत्तर पश्चिमबाट आएको चिसो सुख्खा हावाका कारणले गर्दा त्यसको प्रभाव अझ बढि परेको र सिजनल असर पनि भएकोले न्यूनतम तापक्रम घटेको मौसम विद् मिनकुमार अर्यालले जानकारी दिए।

चिसो सुरु हुन थालेसँगै मौसम पुर्वानुमान महाशाखाले अन्य बर्षको तुलनामा यो बर्ष कम चिसो हुने पक्षेपण गरेको थियो ।

तर वायुमण्डवको उच्च भु-भागमा डेड स्ट्रिम अर्थात हावाको मुस्लो र उत्तर र पश्चीमि चिसो हावा आएको कारणले गर्दा पनि पक्षेपण नमिलेको मौसमविदको भनाई छ ।

यदि त्यो हावा उत्तरबाट नभइ पश्चीमबाट आएको भए त्यतिसम्म चिसो नहुने भन्दै मौसमविदहरु उत्तरबाट आएको हावा सुख्खा भएकाले पनि तापक्रम प्रक्षेपणभन्दा बडी घटेको छ ।

गतबर्ष शुन्य डिग्रिसम्म आएको काठमाडौंको तापक्रम अहिले १ दशमलव ६ सेन्टिग्रेडसम्म झरेको छ । अझै तल झर्न सक्ने मौसम विद् मिनकुमार अर्यालले जानकारी दिए ।

पश्चीमि वायुको प्रभाव आइतबार सम्म पर्नेछ । सोमबार पनि सुदुरपश्चीम प्रदेश ,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र गण्डकी प्रदेशको केही भु भागमा त्यसको प्रभाव पर्न सक्ने भएकोले त्यसको न्युनतम तापक्रम केही बढ्न सक्नेछ ।

अझै एकदिनभर चिसो सुख्खा हावा नेपालकै आकाशमा रहने भएकाले त्यतिञ्जेलसम्म चिसो धेरै हुनसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *