ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण गत चौबीस घण्टामा १२ जनाले ज्यान गुमाए

कोरोनाका कारण गत चौबीस घण्टामा १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ७ सय ७७ पुगेको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरीएको ४ हजार ७ सय ८० वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका २ सय ८१ सहित देशभर ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा १ हजार १ सय ७५ जना कोरोनाबाट निको भएका छन । योसँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।

हाल देशभर क्वारेन्टिनमा ४ सय २१ जना रहेका छन भने संक्रिय सक्रमितको संख्या ८ हजार ८ सय ४० रहेका छन् ।देशभर आसियुमा उपचारत २ सय ७९ र भेन्टिलेटरमा ५१ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *