सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचान आज
सेयर गर्नुहोस
9 - 9Shares

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य चुनावी मैदानमा छन् ।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी ९मधेशी, आदिवासी, जनजाती० पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन्।
वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुन् ।
बिहान ८ बजेदेखि २ बजेसम्म हुने निर्वाचनमा ६०५ जना कानून व्यवसायीले मतदान गर्नेछन् ।सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।