ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन
सेयर गर्नुहोस
8 - 8Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।
शुक्रवार अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन ।
‘मन्त्री पौडेलले भने ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस्’ । पूँजीबजार बढ्न र बिस्तार हुँदै गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समय तालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै पूँजीबजारको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन समेत दिएका छन् ।