ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

भारतबाट दिन प्रतिदिन विद्युत आयात बढदै, एक महिनाको अवधिमै दैनिक ६ लाख बाट ८६ लाख पुग्यो

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

गत महिना मंसिर ५ गते भारत बाट जम्मा ६ लाख युनिट विद्युत आयात भएको थियो । यो एक महिनाको अवधिका बढेर पुस २ गते ८६ लाख ५३ हजार युनिटभन्दा बढी पुगेको छ । जुन परिमाण विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन गर्ने विद्युतको भन्दा पनि धेरै हो ।
हाल विद्युत प्राधिकरणको ८० लाख युनिट विद्युत आपूर्ति गरिरहेको छ भने निजी क्षेत्रले ७८ लाख युनिट विद्युत राष्ट्रिय प्रणालीमा आपूर्ति गराईरहेको छ ।
चिसो बढे सँगै नेपालमा विद्युगको खपट बढि हुने र उत्पाद कम हुने भएकोले ठूलो परिमाणमा विद्युल आयात गर्नु परेको प्रधिकरणको भनाई छ । सुक्खायाम सुरु भएसँगै नदिमा पानीको सतह तीव्र रूपमा घटिरहेको छ । हिउँ नपग्लिएसम्म नदिमा पानीको बहाव बढ्ने अवस्था नहेकोले यो अयात अझै बढने देखिएको छ ।
चिसो बढेसँगै विद्युत खपत पनि बढिरहेको छ । एक महिनाको अवधिमा दैनिक विद्युत खपत पनि ६० लाख युनिटले बढेको छ । मंसिरको सुरुवातमा दैनिक एक करोड ८० लाख युनिट हाराहारी मात्रै विद्युत खपत हुने गरेकोमा पुसको सुरुवातसँगै विद्युत खपत दुई करोड ४५ लाख युनिट भन्दा बढी पुगेको छ ।

यो अवधिमा विद्युतको उच्चतम माग पनि करिब ४०० मेगावाटले बढिसकेको छ । एक महिना अघिसम्म अधिकतम एक हजार मेगावाट रहेको विद्युतको उच्चतम माग अहिले १३७० मेगावाट पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *