ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन

नेपाल ओलम्पिक कमिटीअन्तर्गत शुक्रबार रमेश महर्जनको अध्यक्षतामा ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सहि अवसरमा अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै जाने बताएका छन् ।

कमिटीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको अध्यक्षता सहित सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार ११ जनाको कार्यसमीति रहेको छ । भने शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्यमा छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *