ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

१४ वर्षमुनिका बालबालिकाला कोरोना खोप बनेन, दोश्रो लहर संक्रमण उच्च

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

१४ वर्षमुनिका बालबालिकाला कोरोना खोप बनेन

कोरोना विरुद्ध विश्वभर विभिन्न प्रकारका खोप उत्पादन भैरहेपनि १४ बर्ष भन्दा मुनिका बालबालिकालाइ लगाउन नमिल्ने विज्ञहरुले बताएका छन् । जुनसुकै उमेर समुहका बालबालिका, युवा र वृद्धा पनि संक्रमणको  जोखिममा बराबरीमा रहेको विज्ञहरुको  सुझाव छ । अझ परिक्षण गरिएका खोप बालबालिकामा परिक्षण नभएको हुनाले त्यस्ता खोपहरु बालबालिकामा लगाउन नमिल्ने विज्ञहरुको सुझाव छ ।

न बच्चा न युवा न वृद्धा भाईरसले कसरी आक्रमण गरिरहेको छ

कोरोना भाइरसको संक्रमणले न वृद्धा न युवा न बच्चा संक्रमणको जोखिम कसमा कसरी र कतिबेला हुन्छ पत्तो हुँदैन । संक्रमणको जोखिम त झन  सबै भन्दा धेरै वृद्धवृद्धा र युवाहरुमा देखिएको समेत छ भने  समुदायस्तर कोरोना फैलिएपछि बालबालिका सहित सबै उमेर समुह कोरोनाको उच्च बराबारी जोखिममा रहेको विज्ञहरुले बताएका छन ।

अभिभावक तथा घरका सदस्यबाट बालबालिकामा संक्रमण सरेको धेरै उदाहरण देखिसकिएको पछिल्लो महामारीमा देखिएको छ । उपचारमा आउनेमध्ये दैनिक १० देखि १५ जना बालबालिकालाई कोरोनासँग मिल्दो लक्षण भएको हुनाले यस्ता बालबालिकाको पहिचान गरी आइसोलेसनमा राख्ने गरीएको कान्ती बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेलले द प्रेस नेपाल डटकमलाई जानकारी दिए ।

कोरोना परिक्षण कम हुँदै माहामारी भने उच्च

केहि दिन यता संक्रमितको संख्या कम देखिएपनि परीक्षण कम हुनाले संक्रमणको तथ्यांक कम भएको देखिन्छ । तर यो बिचमा कम परीक्षण हुँदा कोरोना कसलाई छ र कसलाई छैन भन्ने पहिचान गर्न असजिलो भएको हुँदा जो कोही संक्रमीतबाट जो कोहीमा सर्न सक्ने आंकलन विज्ञहरुको छ । स्वयम आफूनै स्वास्थ्य सचेतनामा सचेत नभए महामारीको रुप झन बढने विज्ञहरुले बताएका छन् ।

कोभिडको दोश्रो लहर जटिल समस्यामा परिणत

विश्वका विभिन्न मुलुकमा हाल कोरोनाको दोस्रो लहर चलिरहेको छ । मानिसहरुमा देखिने पोस्ट कोभिड सिन्ड्रोम जटिल समस्याको रुपमा देखिएसंगै त्यसको प्रभाव बालबालिकमा बढी पर्न थालेको छ ।

अभिभावकलाई पोजेटिभ देखिदा पनि सम्पर्कमा रहेका बालबालिकालाइ परिक्षण नगर्दा समस्या जटिल तर्फ उन्मुख भएको चिकित्सकहरुले बताएका छन् ।

नेपालमा बालबालिकामा कोभिडको प्रभावबारे अध्ययन नभएपनि पोस्ट कोभिड सिन्ड्रोमले उनिहरुको शरीरका विभिन्न अंग तथा प्रणालीमा दिर्घ रुपमा गम्भिर असर पुग्ने र आगामी दिनमा बच्चाको वृद्धि विकाशमा समेत समस्या हुने चिकित्सकहरुले बताएका छन् ।

कोरोनाको उपचार पद्धती अहिले सम्म केही नभएकोले बिरामीको अवस्था हेरेर लक्षण अनुशार उपचार गर्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनले पनि १४ बर्ष भन्दा मुनिका बालबलिकाको लागी खोप निर्माण नभएको बताउँदै आएको हुँदा कुनै बालबालिकामा संक्रमण पुष्टि भएमा उनिहरुको अवस्था हेरेर अस्पताल या घरमै उपचार गर्नुपर्ने विज्ञहरु सुझाब दिएका छन् । पछिल्लो समय अधिकाँश क्षेत्र खुला भएका हुँदा यसतर्फ पनि सचेत हुन विज्ञहरुले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *