गत २४ घण्टामा कोरोनाले १६ जनाको ज्यान गयो, ७ सय ८२ जना संक्रमित

कोरोनाका कारण गत २४ घण्टामा १६ जनाले ज्यान गुमाउनुका साथै ७ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार ७ सय ६ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका २ सय ८७ सहित देशभर ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।
कोरोनाका कारण हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा १ हजार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको कूल संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।
हाल देशभर क्वारेन्टिनमा ४ सय २७ जना रहेका छन भने संक्रिय सक्रमितको संख्या ९ हजार ३ सय १७ रहेका छन् ।