ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महामारीमा थिचिएको अर्थतन्त्र पुरानै लय तर्फ फर्कदैं

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

नेपालको अर्थतन्त्र पर्यटन क्षेत्र वाहेक अन्य विस्तारै पुरानै लय तर्फ फर्कन थालेको छ ।

आयात, निर्यात, भन्सार र राजस्व संकलनको अवस्था कोभिड भन्दा अगाडीकै अवस्थामा पुगेको भन्सार विभागले बताएको छ ।

कोभिडका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले संरक्षण गर्नुपर्नेमा नीजि क्षेत्रले जोड दिएको छ आयात निर्यातको अवस्था सामान्य वन्दै गएको भन्सार विभागले बताएको छ  । कोभिड भन्दाको अगाडीको अवस्थामा जस्तै आयात निर्यात र राजस्व संकलन भइरहेको विभागका महानिर्देश सुमन दाहालले बताएका छन् ।

कोभिडका कारण उद्योगी ब्यवसायीको भने आर्थिक गतिविधहरु विस्तारै पहिलेकै अवस्थामा फर्कन थाले पनि धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले बजेट मार्फत व्यवस्था गरेको सौलियतपुर्ण कर्जा तथा केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत व्यवस्था गरेको पुनर्कर्जा प्रभावकारी बन्न नसकेको व्यवसायीले गुनासो गरेका छन् । घरेलु तथा साना र पर्यटन व्यवसायीहरुको अवस्था थप दयनिय बन्दै गएको  हुँदा सरकारले यसतर्फ ध्यान दिनुपर्ने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।  

कोभिडका कारण अर्थतन्त्र विस्तारै सहज हुँदै जानुले सकारात्मक संकेत त गरेको छ तर महामारीको बिचमा थिचिएका उद्योग व्यवसायहरु न्युन मात्रामा सञ्चालन भएको हुँदा र एक्कासी बढेको चहलपहलले कच्चा पदार्थको माग ह्वात्तै बढन सक्ने हुँदा वस्तुको आयात वढ्ने वित्तिकै हालको विदेशी मुद्राको अधिक संचिति पुरानै अवस्थामा फर्कने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *