ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल स्टिल तथा ग्रिलमा आत्मनिर्भर: ५० अर्ब व्यापार डेढ लाख श्रमिकलाई रोजगारी

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

नेपालमा ग्रिल ब्यवसायीहरुले वार्षिक ५० अर्ब रुपैयाँको व्यापार र करिव १ लाख ६० हजार श्रमिकलाई रोजगारी दिइरहेको भएपनि अझैपनि यो क्षेत्र औपचारिक अर्थतन्त्रमा जोडिन नसक्दा सरकारले ठुलो राजस्वको स्रोत गुमाइरहेको छ ।

ब्यवसायीहरुले पटक पटक पहल गर्दा पनि सरकारकै उदासिनताका ग्रिल उद्योग व्यवासायको योगदानको कदर हुन सकेकव छेन । भवन निर्माणमा महत्वपुर्ण भुमिका खेल्दै आएका ग्रिल ब्यवसायीहरुलाई व्यवस्थित गर्ने सवालमा सरकारको ध्यान पुग्न सकेको छैन् । विगतका दिनहरुमा नेपालले स्टिल तथा ग्रिलका सामाग्रीहरु भारतबाट ल्याइरहनु परेको अवस्थामा हाल नेपाल आत्मानिर्भरको अवस्थामा पुगेको छ । हालको अवस्थामा ग्रिल उद्योगमा भारतवाट ६० हजार कामदार ल्याई व्यवसाय सन्चालन गर्नुपर्ने अवस्था छ ।

ग्रिल तथा स्टिल व्यवसायीले सरकार तथा सम्वद्ध सबै सरोकारवालाहरुलाई स्वदेशी स्टिल तथा ग्रिलका समाग्रीको आन्तरिक खपत वढाईदिनुपर्ने , ग्रिल उद्योगलाई वैधता दिने र राजस्व तिर्ने वातावरण मिलाईदिनु पर्ने भन्दै र आफूहरुलाई सरकारको औपचारिक अर्थतन्त्रमा सहभागी गराउन सरकारलाई आग्रह गरेका छन् ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले द प्रेस नेपाल डट कमलाई बताए ।

सरकारले यो क्षेत्रलाई वैधानिकता प्रदान नगरिरहेको अवस्थामा नेपालको नीजि क्षेत्रको नेतृत्व र प्रतिनिधित्व गर्दै आएको उद्योग बाणिज्य महासंघले समेत ग्रिल तथा स्टिल व्यवसायीको माग जायज भएको र आफुहरु समेत सहकार्य गरन तयार भएको बताएका छन् ।

उद्योग बाणिज्य महासंघका नवनियुक्त बिरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको वस्तुगत तर्फ सदश्यता लिन ग्रिल तथा स्टिल व्यवसायी महासंघलाई आग्रह गरेका छन् । यसले स्टिल तथा ग्रिल ब्यवसायीको माग तथा हकहितको सम्वन्धमा सरकारसँग पहल गर्न सकिने ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *