ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अन्योलताका बिच ९ महिनापछि त्रिविका परीक्षा तालिका सहित सन्चालन हुँदै

अन्योलताका बिच ९ महिनापछि त्रिभुवन विश्वविद्यालयले भौतिक रुपमा नै उपस्थित गराई परिक्षा सञ्चालन गरेको छ ।

शैक्षिक सत्र नै के होला भन्ने अन्योलमा रहेका समयमा परिक्षा सञ्चालन हुदाँ विद्यार्थी हर्षित बनेका छन् ।त्रिविले स्वास्थ्य मापदण्ड पालना गरेर परिक्षा सञ्चालन गर्न सफल भएको भन्दै त्रिवि अन्तर्गतका आङ्गिक क्याम्पसहरुले भौतिक उपस्थितिमानै पठन पाठन गर्ने तयारीमा जुटेका छन्

कोरोनाका कारण स्थगित भएका विश्वविद्यालय तहका परिक्षाहरु परिक्षा तालिका सहित क्रमश सञ्चालन हुन थालेका छन् । त्रिभुवन विश्वविद्यालयले सेमेष्टर तर्फका परिक्षाहरु  होम सेन्टरमा नै सञ्चालन गरेको छ । परिक्षाको तयारी सकेर स्थगित हुनै लागेको र अन्योलमा परेका विद्यार्थी अन्तिम समयमा नौ महिनापछि परिक्षा दिन पाएका छन् ।

शैक्षिक सत्र नै गुम्ने त्रासमा रहेका विद्यार्थी कोरोनाका वावाजुत सुरक्षीत तरिकाले परिक्षामा सहभागि भएका छन् अन्योलमा रहेका परीक्षा अब भने सन्चालन हुन थालेका छन् । विद्यार्थीहरुको परिक्षामा सहभागिता उल्लेख्य छ । करिव ९७ प्रतिसत विद्यार्थीको सहभागिता भएको त्रिवि अन्तर्गतका आङ्गीक क्याम्पसले जानकारी दिएका छन् । परिक्षामा सहभागि हुने तर पुर्ण समय नवस्ने समस्या समेत कम भएको छ ।

महामारिका बिच नयाँ कक्षाको पर्खाइमा समेत रहेका विदयार्थी कतिपय तहको पठन पाठन बिचमा नै बन्द भएको र अनलाईन कक्षा समेत प्रभावकारी नभएको भन्दै विद्यार्थीले भौतिक उपस्थितीमा नै पठन पाठन गराउन आग्रह समेत गरेका छन् ।

स्वास्थ्य प्रोटोकल अपनाएर भौतिक रुपमानै परिक्षा सञ्चाल गरेका क्याम्पसहरु आगामी पठनपाठन समेत भौतिक रुपमानै गर्ने तयारीमा समेत जुटेको र छिट्टै अब कक्षाहरु पनि सन्चालन हुने बताएका छन् ।

लामो समय बन्द भएको परिक्षा सुचारु हुदाँ र नयाँ कक्षा सन्चलनको तयारीमा जुटेको त्रिवि र पर्खाईमा रहेका  विद्यार्थीमा उत्साह थपिएको छैन शैक्षिक क्षेत्रलाई नयाँ गति समेत दिने अपेक्षा गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *