श्रीराम सुगर मिलले दिन थाल्यो किसानको बक्यौंता रकम

रौतहटको गरुडामा रहको श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी दिनसुरु गरेको जनाएको छ ।
मिलले लामो समय सम्म उखु किसानको करोडौं रुपैयाँ भुक्तान नगरेको भन्दै किसानहरु पछिल्लो एक हप्ता देखि राजधानीमा आन्दोलन गरिरहेका छन् । गत बर्ष पनि किसानले १५ दिन राधानीमा आन्दोलन गरेपछि उद्योग मन्त्री लेखराज भट्टले एक महिना भित्र सम्पूर्ण बक्यौंत रकम तिर्नु भन्दै सहमति गराएका थिए । उक्त सहमति पत्र एक बर्ष सम्म पनि कार्यन्वयनमा नआएको भन्दै किसानले पुनः आन्दोलन गरेका हुन । गत मंगलबार गृह मन्त्रीको अध्यक्षतमा बसेको चार मन्त्रीको छलफलले किसानको पैसा नदिने उद्योगीलाई पक्राउ गर्न सम्बन्धीत जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो ।

गृहले पत्राचार गरेको एक हप्ता वित्न नपाउने श्रीराम सुगर मिलले शुक्रबार देखि किसानले बक्यौंतार रकम तिर्न थालेको जानकारी गराएको छ ।
तर श्रीराम सुगर मिलले उद्योग मन्त्रालयलाई ३५ करोड बक्यौंत रहेको जानकारी दिएको छ भने उखु किसानले ४२ करोड तिर्न बाँकि रहेको बताउदै आएका छन् ।