५ महिना पछि काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली आजबाट हटेको छ ।
सामान्य तर्फ उन्मुख भएको अवस्थाले हाल बढ्दै गएको भिडभाड र सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि जोरबिजोर हटाउनु पर्ने आवाज नागरिक र व्यवसायी स्तरबाट उठ्दै आईरहेको थियो ।
बिहिवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो
यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए सबै क्षेत्र खुलेपछि पनि काठमाडौं उपत्यकामा महिनौदेखी जोरबिजोर प्रणाली लागु भैरहेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि जोरबिजोर प्रणाली हटथेको जानकारी दिएको छ ।
सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । ५ महिना पछि पुष ३ गतेदेखी जोरबिजोर हटाईएको हो ।