ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेसी र रोनाल्डोलाई पछि पार्दै लेवान्डवस्की बने फिफा बर्ष खेलाडी

एजेन्सी, पुस ३ । विश्व फुटलको सर्वोच्च संस्था फिफाले प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्ड जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्कीले जितेका छन् ।

परेका लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट खेलाडी बनेका हुन् ।

अन्तिम मनोनयनमा पोल्याण्डका फरवार्डले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए । यस्तै बायर्नले युरोपियन च्याम्पियन्स लिग बुण्डेसलिगा जर्मन कप लगायत पाँच उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३३ वर्षीय फरवार्डले बिहीबार मात्रै बुण्डेसलिगामा २५०औं गोल पूरा गर्दै नयाँ उपलब्धि हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *