गृहको परिपत्र सरकारी तलब खाईरहेका र अवकास प्रप्तलाई समाजिक सुरक्षा भत्ता नदिन

गृह मन्त्रालयले सरकारी सेवाबाट अवकाश पाएकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिन सर्कुलर गरेको छ । सरकारी पेन्सन सुबिधा लिएकाहरुले समेत दोहोरो सुबिधा लिइरहेको भेटिएपछि मन्त्रालयले देशैभरका स्थानीय तहहरुलाई सर्कुलर गर्दै हाल सरकारी सेवामा रहेका व्यक्ति र सरकारी सेवाबाट अवकाश पाएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण नगर्ने परिपत्र गरेको हो । मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले देशभरका स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्न परिपत्र गरेको हो ।
