ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

६ हजार ५ सय परिक्षण गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

पछिल्लो चौबीस घण्टामा देशभर ७ सय ७६ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको कोरोना अपडेट अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको ६ हजार ५ सय ८८ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका ३ सय ६३ जना सहित देशभर ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना पुष्टि हुने संख्या २ लाख ५१ हजार ६ सय ९२ जना पुगेको छ । मन्त्रालयका अनुसार देशभर गत चौबीस घण्टामा कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ जना रहेका छन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव ६९ रहेको छ ।

देशभरबाट चौबीस घण्टामा थप ९ सय ४७ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ४० हजार ३ सय ६३ रहेको छ । अहिलेसम्म कोरोना मुक्त हुने प्रतिशत ९५ दशमलव पाच रहेको छ ।

देशभर क्वारेन्टिनमा ४ सय ४४ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना रहेका छन् । देशभर आसियुमा २ सय ८१ जना उपचारत छन भने ५९ जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *