ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेयर धितोमा राष्ट्रबैंकको कडाई सँगै पूर्नवीमा कम्पनीका शेयर धनीलाई ठूलो झट्का

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाई गरेसँगै नेपाल पूर्नवीमा कम्पनीका शेयर धनीलाई ठूलो झट्का लागेको छ । बैंककले पछिल्लो तीन वर्ष लगातार घटामा रहेको, तीन बर्ष देखि साधारण सभा नगरेको, कम्तीमा दुई सय ५० दिनको कारोबार मल्य नभएका जस्ता कम्पनीको शेयर धनिले शेयर धितोमा राखेर बैंक बाट ऋण नपाउने भएका छन् ।


त्यस्तै ब्यवसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष नकटेका संस्थाहरु पनि सेयर ऋण लिन नपाउने भएका छन् ।


राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब पुनर्बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, बिशाल बजार कम्पनी लगायतका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।

यस्तै राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार केही जलविद्युत कम्पनीको सेयर मूल्य अहिले बढिरहेपनि त्यस्ता कम्पनीको सेयर धितो राखेर कर्जा दिन नपाइने भएको छ ।

यस्तै केही समय यता साधारण सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको सेयर धितो राखेर पनि कर्जा दिन नपाइने भएको छ ।

जनरल इन्स्योरेन्स, रिलायन्स लाईफ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, एनआईसी लघुवित्त, साधाना लघुवित्त, माउन्टेन इनर्जी, यूनाइटेड इदी–मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीको सेयर धितो राखेर कर्जा लिन पाइने छैन ।


यस्तै अहिले आईपीओ जारी गरिरहेको प्रभु लाइफ इन्स्योरेन्सको सेयर धितो राखेर पनि कर्जा लिन पाइने छैन ।

अबदेखि सेयर धितो ऋण दिने संस्थाले कुन कम्पनीको सेयरमा ऋण दिएको हो त्यसको मूल्य आम्दानी अनुपात, बुक भ्यालु, लाभांश इल्ड, लाभांश भुक्तानी अनुपातजस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी ब्यवस्था समेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यस्तै राष्ट्र बैंकले ब्यक्तिगत अधिबिकर्ष (ओभरड्राफ्ट) ऋणमा पनि कडाइ गरेको छ । बढीमा ५० लाख रुपैयाँसम्म दिन पाइने यस्तो ऋण दोहोरिन नदिने नीति लिएको छ ।

अहिले एउटा संस्थाले ५० लाख दिने ब्यवस्था छ । ऋणीले धेरै वटा संस्थाबाट यस्तो ऋण लिन रोकिएको थिएन । अब भने ऋणीले अर्को संस्थाबाट ओभरड्राफ्ट लिएको छ वा छैन भन्ने यकिन गरेर ५० लाखको सीमा ननाघ्ने गरी मात्र दिन पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *