गत चौबीस घण्टामा देशभर ७ सय ३६ जना कोरोना संक्रमित

गत चौबीस घण्टामा देशभर ७ सय ३६ जना कोरोना संक्रमित थपिए
स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा दिदै आएको कोरोना अपडेटमा प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५ सय ५५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र ३ सय ९१ जना सहित देशभर ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार गत चौबीस घण्टामा कोरोनाका कारण १३ जनाले ज्यान गुमाएका छन् ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ७ सय ४३ रहेको छ ।अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव छ नौ रहेको छ ।
चौबीस घण्टामा कोरोनाबाट ८ सय ४७ जना मुक्त रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुने संख्या २ लाख ३८ हजार ५ सय ६९ रहेका छन । यो मुक्त हुने प्रतिशत ९५ दशमलव चार हो ।
देशभर क्वारेन्टिनमा ४ सय ५२ जना रहेका छन्, भने देशभर सक्रिय संक्रमित संख्या ९ हजार ७ सय ५७ जना रहेका छन् । हाल देशभर आईसियुमा उपचारत २ सय ८९ जना र भेन्टिलेटरमा ५९ जना उपचारत छन् ।
नेपालमा दिनानुदिन कोरोना संक्रमित बढ्दो रहेकोले कतिपय ठाँउमा जनस्वास्थ्यका मापदण्ड नअपनाइएको पाइएकोले सबैले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।