ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ईतिहासको कालो दिन पुष १ राजा महेन्द्रले ‘कु’ गरेको दिन

२०१७ साल पुस १ को घटनालाई नेपाली राजनीतिक इतिहासको आधुनिक कालखण्डको एउटा राजनीतिक अस्थिरताको रुपमा लिईन्छ ।

राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला नतृत्वको दुइ तिहाइको संसद नै सैन्यबलका माध्यमद्वारा कू गरेसंगै नेपाली राजनीतिमा अस्थिरताको सुरुवात भएको मानिन्छ । जसले नेपाली राष्ट्रियता कमजोर बनाउने आधार तयार गरेको दिनको स्मरण समेत हुन्छ जुन दिन ने पाली ईतिहासमा प्रजातन्त्रवादीहरुले कालो दिनको रुपमा लिने गर्दछन् ।

देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरिएन पुष १ मा बरु मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको वृत्तचित्र समेत तयार पार्ने काम राजा महेन्द्रले स्वयम गरे

२०११ सालमा राजा बनेका राजा महेन्द्रले चार वर्षकै शासन अनुभवले संविधानसभा निर्वाचन समाप्त पारेको दिनको रुपमा आजको दिलाई बुझिन्छ । बल्लतल्ल २०१५ सालमा संसदीय निर्वाचन भयो निर्वाचनबाट बहुमत प्राप्त विपि कोइरालाको सरकारलाई २०१७ साल पौष १ गते अपदस्त गरी राजा महेन्द्रले शासन आफ्नो हातमा लिए र ३० वर्षे पञ्चायती व्यवस्थाको सूत्रपात गरे । जहाँबाट राष्ट्रियतालाई कमझोर बनाउने खेल यहिबाट सुरु भयो । जसलाई नेपाली राजनीतिमा अस्थिरताको सुरुवात भएको मानिन्छ ।  

थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो । ४ जनालाई नियन्त्रणमा लिएपछि राजाले रेडियो नेपालबाट अपरान्ह्र साढे ३ बजे शाही घोषणा गरि शासन आफ्नो हातलमा लिएको घोषणा समेत गरे । हेलिकप्टरवाट शाही घोषणाको पर्चा देशभरी छरियो । १८ महिनाअघि भएको संसदीय चुनावमा दुई तिहाई बहुमतबाट निर्वाचित सरकारलाई असफल सरकार भनि अपदस्त गर्ने काम राजा  महेन्द्रले गरे । राजनीतिमा त्यति धेरै कायर बन्न नहुने विपिको सिद्धान्त नेपाली राजनीतिको भुल्नै नसकिने कला हो । राजनीति गर्नेले जुनै परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्ने धारणा विपिको रहँदै आएको पाईन्छ । 

यति मात्र होइन २०३६ सालमा पनि प्रजातन्त्रका लागि सङ्घर्ष भयो । तर २०४६ सालसम्म निरंकुश पन्चायति शासन व्यवस्था झन बलियो बन्यो ।  त्यसलाई पनि भर्खरै राजा बनेका वीरेन्द्र मार्फत राजतन्त्र नै कायम भयो । विरेन्द्रलेनै  नेताहरूलाई जनमत सङ्ग्रहमा जान राजी गरे र जनमत आफूतिर पारे । २०४८ सालमा मओवादीले समेत देशमा अस्थिरताको सुत्रपात गर्यौ  यति मात्र होइन २०५८ सालमा वीरेन्द्रको वंश विनाश पछि अकस्मात ज्ञानेन्द्र राजा बने । उनी राजा बने पनि आम जनता निस्सङ्कोच स्वीकार गर्न हच्कियो र विभिन्न आपराधिक आरोप लगायो ।

नेपाली राजनीतिमा पूष १ गतेलाई आधुनिक कालखण्डको अस्थिर राजनीति र राष्ट्रियतालाई कमजोर बनाउने खेलको आधारमा हेर्ने गरिन्छ ।

भनिन्छ राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन। राजा र बीपीको सम्बन्ध पनि त्यतै रह्यो त्यो झगडा राजा र बीपीबीचको भन्दा पनि शासन शक्तिको श्रोत जनता हुने कि राजा भन्ने मुद्दा अर्थात सिद्धान्तको थियो । नेपालमा रुपान्तरण हुँदा पनि आन्तरिक कलह र पार्टी बिचमा भएको खिचातानीले देश आन्तरिक दलको दलदलमा फसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *