ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं पुस १ ,संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राख्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

राष्ट्रपति तथा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्, संवैधानिक परिषद्को सचिवालय, संवैधानिक परिषदका सदस्यहरु : प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र मुख्य विपक्षी दलका नेतालाई विपक्षी बनाएर अर्यालले रिट दायर गरेका हुन् ।

निवेदनमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश , २०७७ समग्र रुपमा र त्यसको प्रस्तावना, दफा १, २ र ३ का सम्पूर्ण प्रावधानहरु अमान्य र बदर घोषित गर्न माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *