ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खुला गरिएको छ । मंगलबार क्षमा पूजा गरिएपछि बुधबारबाट पशुपतिमा नियमित पूजापाठ र दर्शनको लागि खुला भएको हो ।

बिहान पाँच बजे खुला गरिएको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न श्रद्धालुहरु सवेरैदेखि पशुपतिनाथ परिसरमा पुगिसकेका थिए । कोरोना जोखिमबाट बच्नका लागि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खोलिएको मन्दिरमा पश्चिमि मूलद्धार खुला गरि सीमित दर्शनार्थीलाई प्रवेश दिइएको छ ।

मन्दिर पुग्नेहरुका लागि मास्क अनिवार्य गरिएको छ । प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्ने, जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा दिउँसो १ बजेसम्म दर्शन गर्न सकिने छ भने बेलुका आरती र नित्य पूजाका लागि पाँच बजे खोलिने पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

जय बागेश्वरी मन्दिरको बिशेष द्धारबाट भक्तजनलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेशको व्वस्था मिलाईएको छ । अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ भने यो संगै जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्ने व्यवस्था छ । बढी तापक्रम देखाएमा मन्दिर प्रवेश निषेध गरिएको छ । दर्शनार्थीले दुई मिटरको दूरी कायम गर्दै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *