ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पक्राउ गर्ने भनिएका चिनी मिल उद्योगी सोमबार उद्योग मन्त्रालयमा चिया खाएर गएका थिए

सहमती भएको एक बर्षसम्म पनि बक्यौता रकम भुक्तानी नपाएको भन्दै उखु किसान आन्दोलित भैरहेको बेला सरकारले त्यस्ता चिनी उद्योगिलाई पक्राउ गर्ने जनाएको छ । सोमबार उद्योग मन्त्रालयमा बोलाएर उद्योगीहरुसँग छलफल गरिएपनि आज बसेको सरोकारवाला मन्त्रिहरुको बैठकले भुक्तानी नदिने उद्योगीलाइ पक्राउ गर्ने निर्णय गरेको हो ।

सोमबार दिउसो उद्योगमन्त्री लेखराज भट्टले चिनी उद्योगिहरुलाई मन्त्रालयमा बोलायर भुक्तानीमा भएको समस्याबारे छलफल गरेका थिए । मन्त्री भट्टले सो छलफलमा माईतिघरमा आन्दोलन गर्ने वास्तविक किसान नभई विचौलिया भएको समेत भन्न भ्याएका थिए ।

त्यसपछि तिब्र आलोचना भैरहदा मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कृषि मन्त्री घनश्याम भुषाल र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सहितको बैठकले बक्यौंता रकम असुल गर्न कानूनी बाटो अपनाउने निर्णय गरेको हो ।

किसानले बेचेको उखुको पैसा नदिने उद्योगिलाई मन्त्रालयमा उपस्थिति गराउन यस अघि पनि दुई पटक उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । तर उक्त पत्र कार्यन्वयनका लागि गृहले सम्बन्धीत जिल्ला प्रशासनलाई निर्देशन दिएको बताए पनि हालसम्म न त उखु किसानले बक्यौता पाउन सकेका छन् नत उद्योगि पक्राउ नै परेका छन् । 

चार बर्षसम्म उखुको पैसा पाउन नसकेको भन्दै गत बर्ष सार्लाहीका किसानले १५ दिन राजधानीमा आन्दोलन गरेका थिए । उक्त समयमा उद्योग मन्त्री भट्टले उद्योगि र किसानलाई राखेर ५ बुँदे सहमती गराएका थिए । सहमती भएको एक बर्ष सम्म पनि बक्र्यौंता पाउन नसकेको भन्दै पछिल्लो तीन दिन देखि किसान पुनःआन्दोलामा छन् भने सहमती कार्यान्वयन गराउने मन्त्रालयको भूमिका भने प्रभावकारी देखिएको छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *