ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाहाल नेपाल पक्षले गर्याे अध्यादेश खारेजीकाे माग

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका ५ सचिवालय सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठकले अध्यादेश खारेज गर्न माग गरेको हो ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भने, अलोकतान्त्रिक र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णय हामीलाई स्वीकार्य छैन् । जारी गरेपछि भएको विरोध थेग्‍न नसकेर पहिल्यै फिर्ता गरिएको अध्यादेश पुनः जारी गरेर ओलीले दलभित्र भुठभेड निम्त्याउन खोजेको दाहाल नेपाल समूहको निष्कर्ष छ ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *