कोरोनाका कारण गत चौबीस घण्टामा १४ जनाले ज्यान गुमाए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा देशभर गत चौबीस घण्टामा कोरोनाका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० जना रहेका छन्। अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव छ नौ रहेको छ।
मन्त्रालयका अनुशार देशभरका विभिन्न प्रयोगशालामा गरीएको ७ हजार १ सय १७ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका ४ सय ३८ जना सहित देशभर ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ५० हजार १ सय ८० जना रहेका छन्।
देशभरबाट चौबीस घण्टामा थप १ हजार ९ सय ९६ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ३८ हजार ५ सय ६९ रहेको छ । अहिलेसम्म कोरोना मुक्त हुने प्रतिशत ९५दशमलव ३ रहेको छ ।
देशभर क्वारेन्टिनमा ४ सय ५७ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेका छन् । देशभर आसियुमा उपचारत ३ सय २१ जना छन भने ४८ जना भेन्टिलेटरमा रहेका छन्।