ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाँच महिनामा १० प्रतिशत मात्रै पुँजीगत खर्च, विकासे मन्त्रालयको अवस्था दयनिय

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

मंसिर ३०, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर मसान्तसम्ममा सरकारको वजेट खर्च करिव २२ प्रतिशत हुँदा पुँजीगत खर्च भने १० प्रतिशत मात्रै भएको छ । त्यस्तै राजस्व संकलनको ३० प्रतिशत भएको छ । पुँजीगत खर्च गर्ने सवालमा विषयगत तथा विकासे मन्त्रालयहरु कम्जोर देखिएका छन् ।

चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँ बराबरको वजेट ल्याएकोमा चालुतर्फ ९ खर्व ४८ अर्व रुपैयाँ, पुँजीगत तर्फ ३ खर्व ५२ अर्व रुपैयाँ र वित्तिय ब्यवस्था तर्फ १ खर्व ७२ अर्व रुपैयाँ वजेट विनियोजन गरेको थियो।

सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालुतर्फ २ खर्व ७६ अर्व अर्थात २९ प्रतिशत, पुँजीगततर्फ ३४ अर्व ४६ करोड रुपैयाँ अर्थात १० प्रतिशत र वित्तिय ब्यवस्थातर्फ ११ अर्व ७७ करोड रुपैया अर्थात ६ दशमलव ८ प्रतिशत गरी कुल ३ खर्व २३ अर्व अर्थात २३ प्रतिशत वजेट खर्च गरेको छ ।

त्यस्तै १० खर्व ११ अर्व राजस्व संकलनको लक्ष्य राखेकोमा २ खर्व ९५ अर्व रुपैया अर्थात २९ दशमलव २५ प्रतिशत संकलन गरेको छ । जसमध्ये कर तर्फ ९ खर्व १२ अर्व रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २ खर्व ७९ अर्व अर्थात ३० प्रतिशत, त्यस्तै गैह्रकर तर्फ ९८ अर्व ८० करोड रुपैयाँ मध्ये १६ अर्व ४३ करोड रुपैयाँ र अनुदानतर्फ ६० अर्व ५३ करोड रुपैया मध्ये ५ अर्व अर्थात ८ प्रतिशत संकलन भएको छ ।

सरकारले करिव ५७ अर्व रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने २२ अर्व रुपैयाँ वाह्य ऋण संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिएका छन्

चालु आर्थिक वर्षको पहिलो पाँच महिना वितिसक्दा पनि सरकार पुँजीगत बजेट खर्चको गर्ने सवालमा कम्जोर देखिएको छ । प्रमुख विकासे मन्त्रालयले बजेट खर्च गर्न नसक्दा पुँजीगत खर्च कम देखिएको हो । पुँजीगत वजेट खर्च गर्ने सवालमा खानेपानी मन्त्रालय सबैभन्दा कम्जोर देखिएको छ । उसले हालसम्म ६ प्रतिशत मात्रै वजेट खर्च गरेको छ । त्यस्तै उर्जा मन्त्रालयले १० प्रतिशत, भौतिक पुर्वाधार मन्त्रालयले १३ प्रतिशत, स्वास्थ्य मन्त्रालयले १६ प्रतिशत, शहरी विकास मन्त्रालयले १७ प्रतिशत, पुर्ननिर्माण प्राधिकरणले १८ प्रतिशत मात्रै खर्च गरेका छन् । विकासे मन्त्रालयले सबैभन्दा धेरै कृषि मन्त्रालयले २६ प्रतिशत, शिक्षा मन्त्रालयले २३ प्रतिशत र संचार तथा सञ्चार प्रविधि मन्त्रालयले २२ प्रतिशत खर्च गरेको पौडेलले जानकारी दिएका छन् ।

पहिलो चौमासिकमा खर्च कम हुनुलाई सरकारले कोभिड संक्रमणसँगै दशै तिहारको लगायतका कारण वताएको छ । पछिल्लो समयमा राजस्व संकलनको अवस्था समेत राम्रो रहेको तथा आइतवार एकैदिनमा १ अर्व रुपैयाँ बराबरको खर्च भएकाले आगामी दिनमा खर्च बढ्ने सक्ने संकेत देखिएको महालेखा नियन्त्रकको कार्यालयको बताएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *