ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

किसानका आँसु समेत नदेख्ने कस्तो कम्यूनिष्ट सरकार !

मंसिर ३०, काठमाडौं । आफ्नो उखुको बक्यौंता रकम पाउनु पर्ने भन्दै किसानले आन्दोलन गर्न थालेको एक बर्ष वितिसकेको छ, तर पनि अहिले सम्म पाउन सकेका छैन् । एक बर्ष अघि नै उद्योग मन्त्रीले दुबै पक्षलाई राखेर एक महिना भित्र समाधान गर्नु भने एक बर्ष सम्म पनि समाधान हुन नसकेपछि पुनः आन्दोलन गर्न राजधानी आएका किसानहरुले यो पटक उधोरो सहमति नगर्ने बरु राजधानीमै आत्महत्या गर्ने बताउछन् ।

आफूले उखु बेचेको एक लाख ७० हजार रुपैयाँ अन्नपूण चिनी मिलले ४ बर्ष सम्म पनि नदिएपछि बैंकको व्याज तिर्न नसकेको भन्दै सर्लाहिका उखु किसान रामेश्वर रायले रुदै यस पटक उधारो सहमति नगर्ने बरु सडमकै अत्याहत्या गर्ने बताएका छन् । उनले छोरीको विहेको लागि भनेर कृषि बिकास बैंक बाट लगेको ६ लाख ऋण तिर्न नसक्दा अहिले व्याज सहित ८ लाख बढि भईसकेको छ ।

माईतिघरमा ६० बर्ष पारगरेका रायले आँसु बगाईरहदा मन्त्रालयमा भने चिनीमिल उद्योगि सँग उनै किसानले उत्पादन गरेको चिनीको चियाको मिठो चुस्की लगाउदै उद्योग मन्त्री लेख राज भट्ट । समाजवाद स्थापना गरि वर्गविहिन समाजको निर्माण गर्ने भन्दै १० बर्ष जंगल पसेका उनै भट्टले किसानले ४ बर्ष देखि नपाएको उखुको बक्यौंता रकम एक बर्ष सम्म पनि दिलाउन सकेनन् । मन्त्रलयले तोकेको समयमा किसानलाई बक्यौंता नदिएका उद्योगीलाई मन्त्रालयमा उपस्थित गराईदिनु भनि दुई पटक पत्र लेखेको मन्त्रालयले सोमबार उनै उद्योगि सँग तपाईका समस्य के हुन भन्दै दुई दिन भित्र प्रेस विज्ञप्ति निकाल्नु भन्दै बैठक ट्ङ्या ।

यता उखु किसान विगतको जस्तो उधारो सहमति नगर्ने बरु यतै मर्ने बताउदै आएका छन् । उखु किसान आन्दोलनको संरक्षकत्व गर्ने आएका राकेश मिश्र किसानको हक हितको लागि भन्दै स्थापना भएको कम्यूनिष्ट सरकाले नै किसान माथि यस्तो व्यवहार गर्नु लज्जास्पद भएको बताउछन् । गत बर्ष पुस १८ गते उद्योग मन्त्रालयले उद्योगि र किसानलाई एक ठाउँमा राखेर माघ १५ गते भित्र सम्पूर्ण बक्यौंता रकम तिर्न भन्दै ५ बुँदै सहमति गराएको थियो । तर उक्त सहमति अहिले सम्म कार्यन्वयन हुन सकेको छैन् ।

किसन अहिले उही सहमति कार्यन्वयको माग गर्दै आएका छन् । किसानको यस आन्दोलनलाई नागरिक समाजले पनि सहयोग गरेको छ । गत बर्ष देखि नै सहयोग गर्दौ आएकाहरुले किसानको समस्या समाधान नहुँदासम्म खान र बस्न सहयोग गर्ने बताएको छ । कृषि क्रान्तिको बहस गर्ने तथा कम्यूनिष्ट सिद्धन्तको व्याख्य गर्ने घनस्याम भुषाल कृषि मन्त्रालयका छन् भने किसानका समस्या समाधान गर्ने भन्दै १० बर्षें जनयुद्ध गरेका लेखराज भट्टले उद्योग मन्त्रालयले नेतृत्व गरिरहेका छन् तर किसानहरुले ४ बर्ष सम्म उखुको पैसा पाउन नसकेको भन्दै एक बर्ष देखि आन्दोलन गरिरेका छन् । जुन लज्जाको विषय हो ।

अन्नपूर्ण चिनी मिलले १७ करोड, लुम्विनी चिनी मिलले ८ करोड ४१ लाख, ईदिरा सुगर मिललको ४ करोड ७० लाख, श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँ गरि ६५ करोड रुपैयाँ भन्दा बढि रुपैयाँ अझै किसानले पाउन सकेका छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *