ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घण्टामा देशभर ८ सय २१ जना कोरोना संक्रमित थपिए

स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार ४ सय २३ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ३ सय ३३ जना सहित देशभर ८ सय२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हमलसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ४९ हजार २ सय ४४ जना रहेका छन् ।

मन्त्रालयका अनुशार चौबीस घण्टामा देशभर कोरोनाका कारण १८ जनाले ज्यान गुमाएका छन ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ७ सय १६ जना रहेका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शून्य दशमलव छ नौ रहेको छ।

गत चौबीस घण्टामा कोरोना संक्रमण मुक्त ८ सय ४२ जना भएका छन्।हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ३६ हजार ५ सय ७३ रहेका छन्। कुल संक्रमितको ९४ दशमलव ९ प्रतिशत निको भईसकेका छन्।

हाल देशभर क्वारेन्टिनमा ४ सय ७१ जना र सक्रीय संक्रमित संख्या १० हजार ९ सय ५५ जना रहेका छन्। हाल देशभर आसियुमा उपचारत २ सय ७३ जना र भेन्टिलेटरमा ५४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *