नौं महिनापछि खुल्न लागेको पशुपतिनाथमा मंगलबार क्षमा पुजा गरिने

नौ महिनासम्म भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिरमा क्षमा माग्नको लागि मङ्गलबार बिहान क्षमा पूजा गरिने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन ९ महिनासम्म भक्तजनको लागि पशुपतिनाथ मन्दिर बन्द गर्न बाध्य भएका कारण आगामी पुस १ गतेदेखी मन्दिर खोलिने भएको छ । मन्दिर खोल्नु पूर्व मंगलबार बिहान क्षमा माग्न पूजा गर्न लागिएको पशुपति क्षेत्र विकाश कोषले बताएको छ ।
पशुपतिनाथ मन्दिरमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण तयारी सहित पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका जानकारी दिएको छ ।

मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था हुनेछ पहिलो चरणमा पुस १ गतेदेखि यो हुनेछ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।
मन्दिर बुधबारदेखि खुलेपनि दर्शन बाहेकका मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत अन्य क्रियाकलाप त्तत्काल खुल्ने छैनन् ।
जोखिम कम हुँदै जाँदा अन्य गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउदै जाने कोषले जनाएको छ ।

लामो समय लाखौ भक्तजनको अस्थाको केन्द्र पशुपति क्षेत्र बन्द हुँदा धार्मिक पर्यटक समेत आएका छैनन् यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास पहिलोपटक पाईएको छ । मन्दिर नखुल्दा मन्दिरमा नौ महिनादेखी फूलप्रसादका पसल समेत प्रभावित बनेका छन् । पशुपति मन्दिर खुल्नु अगाडी गर्न लागिएको क्षमा पुजामा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै मन्दिर खोल्नुपर्ने माग गर्दै आएका धार्मिक संस्थाले पनि मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन्। लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले सबै