एक त सुकुम्बाासि बस्ती आगो लाग्यो जलेर सबै नष्ट भयो
6 - 6Shares

काठमाडौंको शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।
सोमबार दिउँसो शान्तिनगरको सुकुम्बासी बस्तीमा आगलागी भएको हो । काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकासहितका पाँचवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त बानेश्वर प्रहरीले जनाएको छ ।
करिब दिउँसोको १२ बजे आसपासमा घरको छतमा धुवाँ उडेको स्थानियले बताएका छन् । स्थानियका अनुसार आगो लागेको घरबाट सिलिन्डर ग्याँस लिक हुँदा ग्यास पड्किएकर २ घरमा धेरै क्षति पुगेको छ भने एक घरमा सामान्य क्षति पुगेको स्थानियले बताए ।
आठ कोठाको घरमा पूर्ण रूपमा क्षति भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । स्थानियका अनुसार ग्यास लिक भएको भनेपनि बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
आगो लागेको देखेपछि स्थानियले प्रहरी प्रशासनमा सम्पर्क गरेको १ घण्टा पछि मात्रै सुरक्षाकर्मीको टोली आएको स्थानियले बताए ।स्थानियले भने हामी बाल्टिनमा पानि लिएर खन्याउन थाल्यौ प्रहरी सेना ढिला आइपुग्यो जलेर सबै सकियो ।
घरमा मानविय क्षति भने भएको छैन अन्य लत्ता कपडा, गरगहना, केही नगद साथै आन्य सरसामान गरि ७ लाख भन्दा धेरैको क्षति पुगेको स्थानियले बताएका छन् ।