ओलीले कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन-सभापति देउवा
काठमाडौं मंसिर २९,
निर्वाचनको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कम्न्युष्टले जिते हास्न पनि पाइदैन भन्ने अभिव्यक्ति निकै चर्चा र विवादमा तानिएको थियो ।
तर निर्वाचनमा दुइतिहाइ बहुमत छेउमा पुगेको कमन्युष्ट पार्टिको रवैया तेस्तै भएको भन्दै सभापति शेरबहादुर देउवाले चुनाव अघि आफूले भनेका कुरा मिल्दै गएको बताएका छन्।
मकवानपुरको हेटौंडमा प्रदर्शनपछिको कोणसभामलाई संवोधन गर्दै भने – ‘मैले भनेको थिएँ, कम्युनिष्टहरू जितेछि हाँस्न त के रूँन पाइने छैन भनेर। आज कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन । कोरोना। वा औषधि नपाएर रोए पनि ओलीको खिलापमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ,’ उनले भने, ‘यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ।’
तेस्तै देउवाले प्रधानमन्त्री ओलीलाई विनाशर्त सहयोग गर्न तयार रहे पनि काम नगरेको बताए।