भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ- गगन थापा
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्। सरकार भष्टाचारमा लिप्प भएको, जनताको पिर मार्काबाट टाढा भएको आरोप लगाउदैँ कांग्रेसले आज देश व्यापी पर्दशन गरेको छ ।
सोही प्रदर्शनलाई संवोधन गर्न कैलाली पुगेका थापाले भने -, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’
थापाले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै उनीहरुपनि नाङ्गिएको आरोप लगाएका छन् । थापाको भनाई छ- ‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले (प्रचण्ड र माधव नेपाल) आफू पनि नाङ्गिएको थाहा पाउनुभएन,’
उनले थपे – ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ,