ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अध्यनले भन्छ डिएनए अनुसार कोरोनाको असर बढि र कम

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  


कोरोनाभाइरस सङ्क्रमित कसैमा केही पनि लक्षण हुँदैन र कोहीचाहिँ किन सिकिस्त बिरामी पर्छन् भन्ने अहिलेको महामारीको असाध्यै जटिल प्रश्न हो ।

नेचर भन्ने जर्नलमा छापिएको एक अध्ययनअनुसार २ हजार २०० जना सघन उपचार कक्षका बिरामीको अध्ययनबाट केही विशेष आनुवंशिक तत्व (जीन) ले त्यसको जवाफ दिन सक्छन् । अनुवंशको प्रकृतिकै कारण कोही कोहीमा कोभिड–१९ का गम्भीर लक्षण देखा पर्छन् ।

यो अध्ययनले रोग प्रतिरोधी शक्ति कहाँ बिग्रन्छ भन्नेबारे बताउँछ, त्यसकारण यसले नयाँ उपचार पत्ता लगाउन सहयोग गर्न सक्छ । अनुवंश सम्बन्धी एक अध्ययनको नेतृत्व गरेका रोयल इन्फर्मरी इन एडिनबराका डा. केनेथ बेलीले खोप आए पनि कोभिडको उपचार भने खोजिरहनुपर्ने बताईन् । “खोपले कोभिडका बिरामीको संख्या निकै घटाउनेछ तर डाक्टरहरूले आउँदा केही वर्षमा सघन कक्षमा कोभिडका बिरामीको उपचार गरिरहनुपर्ने जस्तो देखिन्छ । त्यसैले नयाँ उपचार पत्ता लगाउन अति आवश्यक छ ।”

आक्रोशित कोषहरू


वैज्ञानिकहरूले यूकेका अस्पतालका सघन उपचार कक्षका २०० भन्दा बढी बिरामीका डीएनए अध्ययन गरेका थिए । उनीहरूले हरेक व्यक्तिका जीन अध्ययन गरेका थिए । आनुवंशले नै हरेक जैविक प्रक्रियाका लागि आदेश दिने गर्छन् त्यसमा भाइरसविरुद्धको लडाइँ पनि पर्छ ।

उनीहरूको आनुवंशमा निहित विभिन्न तत्वलाई स्वस्थ्य मानिसको डीएनएसँग तुलना गरिएको थियो । त्यसो गर्दा जीनमा एउटा नम्बर पत्ता लाग्यो–टीवाईके–२।

डा. बेली भन्छन् “तपाईँको शारीरिक प्रणालीका कारण तपाईँका रोग प्रतिरोधी कोषहरूलाई बढ्ता आक्रोशित र बिरामी बनाउँछन् ।” तर जीन दोषयुक्त छ भने रोग प्रतिरोधी शक्तिले सामान्यभन्दा बढी काम गर्छ, जसले बिरामीको फोक्सोमा सङ्क्रमणको खतरा बढाइदिन्छ ।

एक प्रकारको बाथ हुँदा यस्ता सङ्क्रमणविरुद्ध ब्यारिसिटिनिबु जस्ता औषधि प्रयोग गरिन्छ । डा बेली भन्छन् । “यसलाई नयाँ उपचारमा पनि प्रयोग गर्न सकिने सम्भावना देखाउँछ तर हामीले त्यो सम्भव हुन्छ कि हुन्न भन्ने पत्ता लगाउन ठूलो संख्यामा क्लिनिकलु परीक्षण गर्नुपर्ने हुन्छ” ।

असाध्यै न्यून इन्टरफेरन

डीपीपी–९ जीनमा पनि आनुवांशिक फरकपन पाइएको थियो जसले सङ्क्रमणमा भूमिका खेल्छ । ओएस जीनमा पनि फरकपन पाइएको थियो जसले भाइरसलाई संख्या बढाउनबाट रोक्छ । सघन उपचार कक्षका बिरामीको आइएनएआर–२ जीनमा पनि फरकपन पाइएको थियो ।

आइएनएआर–२ लाई इन्टरफेरोन भनिने भाइरस विरोधी तत्वसँग जोडेर हेरिन्छ जसले सङ्क्रमण भएको थाहा पाउने बित्तिकै शरीरमा रोग प्रतिरोधी क्रिया शुरू गर्छ ।

थोरै मात्र इन्टरफेरन उत्पादन भयो भने त्यसले भाइरसलाई फाइदा हुन्छ संख्या धेरै बढ्छ र त्यसले गम्भीर बिरामी बनाएको हुनसक्छ । हालै प्रकाशित दुई अध्ययनले पनि कोभिड बिरामीमा इन्टरफेरनको भूमिकालाई औँल्याएका थिए ।

डीएनए


द रकफेलर विश्वविद्याय न्यू योर्कका प्रोफेसर जाँ लराँ कासानोभाले अध्ययन गरेका थिए । उनका अनुसार अध्ययन गरिएका बिरामीमा १५ प्रतिशत गम्भीर बिरामीमा इन्टरफेरन समस्या थियो ।

इन्टरफेरन उपचारका रूपमा दिन पनि सकिन्छ तर विश्व स्वास्थ्य सङ्गठनको क्लिनिकल परीक्षणले अति गम्भीर बिरामीलाई त्यसले फाइदा नपुग्ने निस्कर्ष निकालेको थियो । तर प्रोफेसर कासानोभा भने कुनबेला दिने भन्ने कुरा महत्वपूर्ण छ भन्छन ।

उनी भन्छन् “यदि सङ्क्रमणको पहिला दुई दिन तेस्रो वा चौथो दिन दिने हो भने इन्टरफेरनले काम गर्न सक्छ । किनभने यो औषधिले बिरामीले उत्पादन गर्न नसक्ने मोलिक्युल त्यो औषधिले उपलब्ध गराउँछ” ।

कतिबेला समस्या हुन सक्छ


इम्पेरियल कलेज लण्डनका जीन विशेषज्ञ डा. भानीसा सान्चो शिमिजु भन्छिन् यो आनुवंशिक अध्ययनले कोभिडको भित्री कुराहरूबारे अहिलेसम्म थाहा नभएका कुरा बाहिर आएको छ । यस्तो सूक्ष्म अध्ययनबाट बिरामीमा कुनबेला समस्या भयो भन्ने पत्ता लगाउन सहयोग गर्छ ।

कोभिड खोपले तपाईँको डीएनएमा परिवर्तन गर्दैन खोपबारे भ्रम र यथार्थ


त्यसैका आधारमा औषधि विकास गर्न सकिने उनले बताइन् । तर आनुवंशसम्बन्धी थुप्रै तथ्य पत्ता लगाउन बाँकी छ ।

यो आनुवांशिक अध्ययन र अरू केही यस्तै अध्ययनले पनि क्रोमोजोम–३ मा रहेका केही जीनको समूह र गम्भीर लक्षणबीच सम्बन्ध रहेको देखाउँछ । तर त्यो कसरी त्यस्तो हुन पुग्छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अब थप बिरामीलाई यो अनुसन्धानमा सहभागी हुन अनुरोध गरिने बताइएको छ ।

डा. बेलीले भने, “हामीलाई सबै बिरामीको हेर्नु छ तर हामी अल्पसंख्यक जातीय समूहहरूको डीएनए हेर्न चाहिरहेका छौँ । जो अति गम्भीर बिरामीको सूचीमा तुलनात्मक रूपमा धेरै संख्यामा पाइएका छन्” । उनले भने, “यो रोगको नयाँ उपचार पद्धति खोज्न अति आवश्यक छ । अर्को कुन उपचार परीक्षण गर्ने भन्ने निश्चित गर्नु अघि सही चुन्न सक्नुपर्छ । किनभने हामीसँग गल्ती गर्ने समय छैन्” । विविसिबाट

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *