ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विप्लप समूहप्रति आक्रामक रणनीतिमा नेपाली सेना

काठमाडौं मंसिर २९,

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहको गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।

विप्लप समुहले कालिकोटमा जनसरकार घोषणा गरेको तथा केही दिन पहिलामात्र मोरङमा शिक्षको अपहरण पश्चात हत्या गरेको विषयलाई इङ्गित गर्दैं थापाले सचेत रहन निर्देशन दिएका हुन ।

सेना स्रोतका अनुसरार थापाको भनाई छ – ‘कुनै दिन विप्लप समूहका गतिविधिका कारण सर्प्राइज हुन नपरोस् भनेर सेनाले उनीहरूका गतिविधि सुक्ष्म अध्ययन गरिरहेको छ।’

प्रधानसेनापति थापाले हिउँदमा संक्रमण थप बढ्न सक्ने भएकाले सुरक्षा मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् । उनले कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकार र स्थानीय सरकारलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन समेत निर्देशन दिएका छन् ।

प्रधानसेनापति थापाले अवकास प्राप्त सेनामा विदेश मोह बढेको भन्दै  नेपालमा नै बसेर केही गर्न प्रोत्साहित गर्ने वातावरण तयारीमा आफु लागेको बताएका छन् ।  जसका लागि आवस्य सिपको प्रवन्ध गर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *