ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भिजिट भिषामा शैक्षिक योग्यता र भाषा अनिवार्य भन्ने कुरा गलत

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

भिजिट भिषामा शैक्षिक योग्यता र भाषा अनिवार्य भन्ने कुरा भने गलत प्रचार भएको अध्यागमन विभागले बताएको छ ।

भिजिट भिसामा कडाइ गर्ने सम्बन्धमा अध्यागमन कार्यविधि संशोधनका लागि छलफल प्रक्रिया भने अगाडि बढेको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।  

अध्यागमन कार्यविधि संशोधनका क्रममा एसएलसीरएसइईसम्मको शैक्षिक योग्यता तथा अंग्रेजी भाषालाई अनिवार्य गरिएको भन्दै चौर्तफी प्रश्न उठेकोमा  अध्गमन विभागका सूचना अधिकारी रामचनद्र तिवारीले भने शैक्षिक योग्यता  नभएकै कारण र भाषा नजानेकै कारण घुम्न जानै नपाउने भन्ने विषय गलत हो विभागले कुनै छलफल नगरेको र विभागसंग यो विषय सम्बन्धित छैन । उनले यही प्रसङ् जोडदे भने जुन देश जो जाने हो जाँदा त्यही देशको नियम अनुसार समबन्धित विषय हो ।

यो संगै भिजिट भिसामा बिमा भने अनिवार्य गर्ने विषय उठेको छ रे नि ?

हो तपाईले भने जस्तै हामीले विमाको कुरा भने जो कोहि नागरिक अलपत्र नपरोस भन्नका लागि छलफल गरेका छौ, यति उति भन्ने टुङगो भने भएको छैन विमाको कुरा सत्य हो । भिजिट भिसामा विदेश गएको अवस्थामा आइपर्ने अप्ठ्यारो परिस्थितिलाई मध्यनजर राखेर विदेश जानेहरूले बिमा भने अनिवार्य गर्नेगरि प्रावधान ल्याउने गरी तयारी  अगाडी बढाएका छौं विभागका निर्देशक रामचन्द्र तिवारीले भने ।

। भिजिट भिषामा जाने घुम्नको लागी  पैसावाला जाने हो । गरिबका छोराछोरीलाई पैसाको लोभमा भिजिट भिषामा म्यानपावर कम्पनिहरुले ठग्ने र अलपत्र छाडने थुप्रै केशहरु  हेरेका छौं हामीले रामचन्द्र तिवारीले बताए । श्रम स्विकृति लिई कामदार भिसामा जानुपर्ने व्यक्तीलाई दलाल तथा म्यानपावरहरुले अलपत्र पार्ने क्रम धेरै बढेको छ । यसरी भिजिट भिसामा विदेश पुर्‍याएका व्यक्तिहरु विदेशमा अलपत्र परेपछि उद्धार तथा न्याय दिलाउन पनि गाह्रो भएको  छ त्यसैले अध्यागमन कार्यविधि ऐन अनुरुप कडाई भने गर्न थालेका छौं । अन्य भने छलफलनै भएको छैन  ।  

गत वर्ष  करिब १२ लाख नेपाली नागरिक विभिन्न शिलशिलामा विदेश गएको अध्यगमन विभागको तथ्याङक । खाडी मुलुककासाथै युरोप,लगायत अन्य विभिन्न   मुलुकमा  समेत पछिल्लो समय नेपालीहरु भिजिट भिसामा जाने क्रम बढ्दो छ । भिजिट भिसामा गएकाहरु अधिकांश गन्तव्य मुलुकहरुमा लुकिछिपी अवैध रुपमा रोजगारीमा संलग्न रहेको हुँदा र अलपत्र हुँदा उद्दारको लागी समस्या भएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।  उद्दरको विषयमा जोखिम न्यूनिकरण गर्नेगरी नागरिकका सुरक्षाको विषयमा विभागमा आन्तरिक छलफल भएको  छ ऐन त ठूलो विषय हो संसदमै छलफलमा छ तिवारीले बताए ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *