ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण मुक्त भइसकेपछि ‘पोष्ट कोभिड’ को समस्या बढ्दो

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

पछिल्लो समय कोरोना संक्रमण मुक्त भएकालाई पनि विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ ।यसले गर्दा जटिल प्रकृतिका बिरामी र लक्षणसहित थला परेका बिरामी यतिबेला चिन्तित छन् ।

यसको एक उदाहरण हुन्, काठमाडौं निवासी २२ वर्षीय एक युवती । कामको शिलशिलामा उनी २ महिना अघि संक्रमण पुष्टि भयो।त्यसपछि उनमा ज्वरो आउने,पखला लाग्ने,वाकवाकी लाग्ने, छाति दुख्ने लक्षणहरु देखा पर्यो।त्सपछि १७ दिनसम्म उनी थला परिन ।तर अहिले उनी कोरोना मुक्त भइ काममा पनि फर्किसकेकी छिन ।तर उनमा पहिले भन्दा फरक किसिमको समस्याहरु देखा परिरहेको छ । ब्याक पेन हुने,सासफेर्न गाह्रो हुने, थकित हुने जस्ता समस्याले सताइरहेको छ । उनी कोरोना मुक्त भएपछि आफ्नो दैनिकि काममा फर्किए पनि पहिले जस्तो सामान्य अवस्था नरहेको बताउछिन् ।

उनी त भइन् यो समस्याबाट ग्रशीत एक पात्र उनी जस्ता हजारौं मानिसहरुको यस्तै समस्याबाट गुज्रिएरहेका छन् । नेपालमा पनि कोरोना मुक्त हुनेको संख्या २ लाख ३५ हजार भन्दा बढि छन् ।कोरोना मुक्त भइसकेपछि पनि अधिकाशमा अहिले पोष्ट कोभिड सिन्टोम देखा पर्न थालेको छ।यो नयाँ रोग र विश्वभर महामारीको रुप लिइरहेकोले पनि यो रोगको बारेमा खासै अघ्यायन अनुसन्धान हुन सकेको छैन।

अहिले सबै यसको रोकथाम र नियन्त्रण कसरी गर्ने भन्ने तर्फ लागेका छन् । विश्वभरकै अध्याय अनुसन्धान हेर्ने हो भने पनि कोरोना मुक्त भएका मध्ये ७० प्रतिशत भन्दा बढिमा पोष्ट कोभिड सिन्टोम देखिएको तथ्यांकहरुमा उल्लेख छ । यसले दिर्घकालिन के असर गर्छ भन्ने बारे अझै अध्यान अनुसन्धान हुनु जरुरी रहेकोले ,पोष्ट कोभिड सिन्टोम देखिएमा चिकित्सक सँग परामर्श गरि औषधीहरुको प्रयोग गर्न सकिने सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउँछन् ।

संक्रामक रोग विशेषज्ञहरु पनि कोरोना संक्रमणपछि देखिएका समस्याहरु अन्य संक्रमणका असरभन्दा कडा देखिएका छन् । डेंगु, चिकन गुनियाका इन्फेक्सनमा पनि यस्तै हुन्छ । तर कुनै संक्रमणको असर दिर्घकालिन पनि हुन सक्छ । यसबारेमा आत्तिहाल्नु नपर्ने भएपनि बेलैमा चिकित्सक सँग भने परामर्श लिनु आवश्यक हुन्छ ।

कोरोनाले विश्वभर एकैपटक आक्रान्त बनाएकोले पनि एकै समयमा धेरै पोस्ट कोभिडको समस्या देखिएकोले गम्भीर र जटिल जस्तो लागेको बताउछन् । यो समस्या सबैमा नआउन पनि सक्छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलाका अनुशार अहिले धेरै जसो कोरोना मुक्त भइसकेकाहरले आफुहरुमा पोस्ट कोभिडको लक्षण भएको बताउछन । उनिहरुमा कोहिको ज्वरो आउने , लामो समय सम्म खोकी लाग्ने, निद्रा नलाग्ने, छाती भारी हुने र सास फेर्न गाह्रो हुने जस्ता समस्या हुने गरेको बताउछन् ।अहिले संक्रमितमा शारीरिकभन्दा पनि मानसिक समस्या बढि रहने गरेको बताउछन्।

विज्ञहरुका अनुशार यसको औषधि भनेको आराम गर्ने र लक्षण देखियो भने चिकित्सकको सल्लाह अनुसार उपचार र औषधीको प्रयोग गर्न सकिने बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *