खेलको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ- नेता बस्नेत
नेकपाका नेता तथा सांसद महेश बस्नेतले खेलले नै नेपाललाई विश्व सामु चिनाएको धारणा राखेका छन् ।
भक्तपुरको राधेराधेमा आयोजना गरिएको भक्तपुर जिल्ला सोतोकान कराते संघ गठनमा पुगेका नेता बस्नेतले खेलको माध्यमबाट नै नेपाललाई विश्वसामु चिनाउने बताएका हुन् । स्वस्थ खेलाडी निर्माण गर्ने र स्वस्थ समाज निर्माण गर्नमा विश्वस्त भएको बताउदैं बस्नेतले- ‘युवालाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन सकिन्छ र युवा स्वस्थ भए भने देश निर्माण पनि अघि बढाउन सकिन्छ ।’
शनिबार भक्तपुरको राधेराधेमा आयोजित कार्यक्रममा १३ सदस्यीय संघ गठन गरिएको हो। सोतोकान कराते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठको संयोजकत्व र प्रकाश श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय जिल्ला संघ गठन गरिएको हो ।
संघमा अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष दीपमणि सेढाईं, सचिव विनोद नेपाल, सह-सचिव दीपक सापकोटा र कोषाध्यक्षमा समीर बस्नेत छन्। यस्तै सदस्यहरुमा इड लामा, रिता साखकर्मी, सगुन गमाल, सुबोध पोखरेल, शर्मिला मगर, नयाना बाटी, पञ्च तामाङ र अमन श्रेष्ठ रहेका छन् ।
सोही अवसरमा राधेराधेमा डिएसपी फिटनेस क्लबको पनि उद्घाटन गरिएको थियो।