ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अहिले ओलम्पिकमा पदक जित्छु भन्नु हाँस्यास्पद हुन्छ– जीवनराम श्रेष्ठ

पदको सम्भावना भन्ने कुरा अहिले हामीले गर्नु नै भएन त्यसो गर्दा खेलकुदमा हाँसोको विषय बन्न सक्छ । ओलम्पिकमा पदक लिनु भनेको सामान्य कुरा होइन यो एउटा ठूलो मेहनत पछि मात्र प्राप्त गर्ने पदक हो । पहिलो कुरा हामीले खेलेर क्वालिफाइड हुनु पर्यो । त्यो नै हाम्रो लागि ठूलो जित हुने छ । अहिले सम्म त हामीले उनीहरुले दिएको कोटामा सहभागी हुने हो ।
जीवनराम श्रेष्ठ

नेपालले पहिलो पटक सन् १९६४ मा टोकियो ओलम्पिकबाट ओलम्पिक यात्रा सुरु गरेको थियो । तर हालसम्म नेपालले कुनै पदक हातपार्न पार्न सकेको छैन । दशक अघि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदाका बखतमा जिवनराम श्रेष्ठले २०२० को ओलम्पिकमा पदक जित्ने गरी योजना सार्वजनिक गरेका थिए । तिनै श्रेष्ठ अहिले ओलम्पिक कमिटिको अध्यक्ष छन् । उनले सार्वजनीक गरेको योजना कहाँ पुग्यो ? २०२०को टोकियो ओलम्पिकमा नेपालले पदक जित्ने संभावना कति ? के छ तयारी ? दशकौं सम्म नेपालको खेलकुद विकास किन हुन सकेन ? लगायतका विषयमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग गरिएको कुराकानी ।

ओलम्पिक नजिक नजिक आउँदै छ, नेपालको तयारी कस्तो छ ?

हामीले यो ओलम्पिकलाई अलि बढी महत्वपूर्ण रुपमा हेरेका छौं । नेपालको ओलम्पिक यात्रा सन् १९६४ मा टोकियो ओलम्पिकबाट शुरु भएको हो । अहिले फेरी नेपालले टोकियो ओलम्पिकमा सहभागिता जनाउदै छ । यो ओलम्पिकमा हामीले एक ऐतिहासिक प्रदर्शन गरेर सोही अनुसारको पोजिसन लिनुछ । तर कोभिडका कारण धेरै असर पनि परेको छ ।

तपाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदा सन् २०२० को ओलम्पिकमा नेपाललाई पदक जिताउने भन्दैं एउटा भिजन नै सार्वजनिक गर्नु भएको थियो, यस पटक के हामीले पदक जितेर फर्कन सक्छौं ?

हो मैले व्यक्तिगत रुपमा भन्नु पर्दाखेरी म राष्ट्रिय खेलकुद परिषदमा दोस्रो पटक सदस्यसचिव हुँदा एउटा सपना बुनेर घोषित कार्यक्रम तयार पारेको थिए । त्यो योजना सन् २००७ मा तयार पारेको थिए । त्यसको १३ वर्ष पछि हामीले एउटा उपलब्धि हासिल गर्ने सक्छौं र ओलम्पिकमा मेडल हासिल गर्ने सक्छौं भन्ने उद्देश्य थियो । जसका लागि तत्कालिन, मध्यकलिन र दीर्घकालिन लक्ष्य तयार पनि पारेको थियौं तर हाम्रो त्यो कार्यक्रमले निरन्तरता पाउन सकेन ।

तर त्यही कार्यक्रमको नक्कल गर्दै कसैले रोड टु ओलम्पिक भन्यो, कसैले स्कुल फर स्पोर्टस भन्यो । भित्रभित्रै प्रोग्राम टुक्राटुक्रा निकाल्यो तर सिंगो कार्यक्रमलाई बोकेर जाने कोही भएन ।

राष्ट्रिय रुपमै एउटा सरकारको तर्फबाट नै निरन्तर खेलाडी विकास गर्दै हामीले यो उपलब्धि हासिल गर्नु पर्छ भन्ने कुरा हुन सकेन त्यो एउटा दुःखद पक्ष हो । अहिलेसम्म हामी ओलम्पिकमा सहभागिता मात्र जनाउने काम गर्दैं आएका छौं । अब सहभागिताको ठाउँबाट अलि माथि उठेर अलि प्रेरणामुखि बनाउनुपर्छ ।

तेसो भए यो पटक पनि पदकको संभावना छैन ?

पदको सम्भावना भन्ने कुरा अहिले हामीले गर्नु नै भएन त्यसो गर्दा खेलकुदमा हाँसोको विषय बन्न सक्छ । ओलम्पिकमा पदक लिनु भनेको सामान्य कुरा होइन यो एउटा ठूलो मेहनत पछि मात्र प्राप्त गर्ने पदक हो । पहिलो कुरा हामीले खेलेर क्वालिफाइड हुनु पर्यो । त्यो नै हाम्रो लागि ठूलो जित हुने छ । अहिले सम्म त हामीले उनीहरुले दिएको कोटामा सहभागी हुने हो ।

हाम्रो खेलाडीले खेल जितेर सहभागी हुने भए पछि मात्र बल्ल एउटा लेवलको ग्रहण हुन्छ । त्यसपछि त्यहाँ ओलम्पिकमा खेल्ने बेला जित्ने सम्भावना धेरै राख्न सक्छौं । कुनै खेलको सुरुवात बिना नै खेल जित्छु भन्नु हाँस्यास्पद हुन्छ । अहिले पनि हाम्रा केही खेलाडीहरु राम्रा पनि छन् जसलाई हामीले ट्रेनिङमा राखिसकेका छौं । उहाँहरु आफ्नो खेल प्रदर्शन गरेर छनौट हुनु होला भन्ने हाम्रो अपेक्षा छ । विशेषगरि कराते, सुटिङ, तेक्वान्दो, स्विमिङ्ग, आर्चरी, एथ्लेटिक्समा हाम्रो आशा र भरोसा छ ।

त्यसमाथि भर्खरै मात्र सरकारले ट्रेनिङको लागि अनुमति दिएको छ । त्यसको व्यवस्थापनमा लागेका छौं । कुनै कुनै क्वालीफाइनल राउन्ड केही बाँकी छन् । केही खेलका खेलाडीहरु बाहिर बसेर पनि तालिम गरिरहेका छन् । त्यसैले हामी केही आशावादी पनि रहेका छौं । तर अहिले नै हामीले समय तालिका अनुसार यसो गर्छौं भन्न सक्ने स्थिति भने छैन् । समग्रमा केही आशावादी छौं स्पष्टरुपमा बोल्नका लागि भने केहि समय पर्खनै पर्ने हुन्छ ।

त्यसो भए ओलम्पिकका लागि हाम्रो कुनै तयारी नै छैन भने भयो हैन त ?


तयारीमा शुन्य नै भन्ने अवस्था हैन । कोरोनाका कारण करिव ९ महिना प्रशिक्षण बन्द भयो । तेसैले हामीले तयारी गर्न पाएनौं भन्न खोजेको मात्र हो । तेसो भनिरहदाँ हामीले केही नगरेको भन्ने हैन । यो विचमा १२ जना खेलाडीलाई स्कर्लसिपमा प्रशिक्षणका लागि विदेश पठाएका छौं । उनीहरुले मासिक ५ सय डलर पाउनछन् ।

कोरोनाका विचमा पनि खेलाडी र प्रशिक्षक जोड्ने काम गरेका छौं । टेक्नोलोजीको माध्यमबाट उहाँहरुलाई फिटनेस गराउने कुराहरु ट्रेनिङ गराउने कुराहरु गरिरहेका छौं । तेतिमात्र हैन खेलाडीलाई मनोवैज्ञानिक असर नपरोस् भनेर एक हप्ताको मेन्टल साइकोलोजीकल क्लासहरु गराएर ट्रेनिङ सुरु गरेका छौं ।

तेसो भए हामी सँग राम्रा खेलाडी नै नभएका हुन त ?

हामी सँग धेरै खेलाडी राम्रा र आशा लाग्दा पनि छन् भनेर मैले अघि नै भने । खेलाडी राम्रो भएर मात्र पनि हुँदैन त्यसको लागि राम्रो कोचको आवश्यकता पनि त्यति नै हुन्छ । कोच सँगै सुविधाको पनि कुरा आउछ ।

तेस्तै सरकार ओलम्पिक कमिटी र एशोसियसनको बीचमा समन्वय पनि हुनुपर्छ । यो सबै कुराहरु मिल्यो भने अनि बल्ल एउटा राम्रो खेलाडी तयार गर्न सक्छौं । बिगतका दिनहरुमा हामी कहाँ समस्या थियो भन्ने कुरा अहिले नयाँ ऐन आइसकेपछि सबै कुरा स्पष्ट गरिदिएको छ । अहिले सबै समस्याहरू समाधान भएको छ । विवादहरु खासै छैनन् । हामीले खेलकुदलाई नै फोकस गरेर अब अगाडि बढ्ने स्थिति बनाएका छौं । तेसैले अब खेलकुदको भोलिको भविष्य चाहि ‍एकदमै सुन्दर देख्छु ।

हिजो त्रिपुरेश्वरबाट सबै ठाउँ हेर्नु पर्थ्यो तर अब अहिले हामी संघात्मक व्यवस्थामा गएपछि सातै परदेशमा छुट्टाछुट्टै खेलकुद परिषद्हरु बन्छन् । उनीहरु अटोनोमस छन् र उनीहरुले समन्वय गरेर काम गर्ने एउटा अवस्था पनि छ । हरेक प्रदेशमा आफ्नो ढंगबाट खेलकुद गतिविधि हुन्छन् । जसमा खेलकुदको विकासका लागि एउटै पोलेसी निर्माण हुन्छ । तस्तै एशोसिएसनमा पनि विवाद नभएका कारण खेलकुद राम्रो हुन्छ भन्ने निश्चित छ । राखेपका पनि प्रादेशिक संरचना निर्माण हुदैछन् ।

ऐनको कुरा आइ हाल्यो ऐन बन्यो तर नियमावलि र अन्य कानूनहरु नबन्दा समस्या जस्ताको तस्तै छ भन्नेको पनि त कमि छैन नि ?

मुख्य कुरा ऐन बनिसकेको छ । मुख्य कुरा ऐन नै हो ऐन बनेपछि नियमावली त्यसलाई बाझिने गरी बन्दैनन् त्यसो भएको काम गर्नका लागि नियम नै छैन भन्ने विषय टुङगिएको जस्तो लाग्छ ।

तपाईले अघि भन्नु भयो राखेप अब संघियतामा गएपछि खेलकुदका गतिविधिमा सहज हुन्छ भनेर, अनी ओलम्पिक कमिटिको के हुन्छ ?


ओलम्पिक कमिटीलाई संघियताको मोडलमा जाने भन्ने छैन । एउटा देशमा एउटा मात्र ओलम्पिक कमिटीमा परिकल्पना गरिएको छ । तर प्रादेशिक संरचानामा हामीले समन्वय गर्नै गरी प्रादेशिक संरचनाको विकासका लागि विधान संसोधन भने गरेका छौं ।

सातै प्रदेशमा हामी ओलम्पिकका संरचना तयार गर्नेछौं ताकि त्यसले ओलम्पिकको मुभामेन्टलाई अगाडि बढाउने छ । आफ्ना कामहरू अगाडि बढाउछौं अब डेभलपमेन्टको पाटोमा त सरकारले नै काम गर्छ ।

खेलकुदका यति धेरै कृयाकलाप पनि भइरहेका छन्, खेलाडी पनि राम्रा छन् भन्नुहुन्छ, नेपालको खेलकुद बिकास नहुनुमा एउटा कानुनी झन्झट पनि भन्ने गरेका छन्, तर अहिले नयाँ ऐन पनि आयो यो कुरामा कतिको सत्यता हो तपाई त यो क्षेत्रमा लामो समयसम्म काम गरिसक्नु भएको छ ?

नेपालको खेलकुदको विकास नहुनुमा बाधक भनेको हाम्रो खेलकुद ऐन नै हो मैले सधैं भन्ने गरेको छु । जबसम्म हामीले खेलकुद भनेको एउटा देशभित्र खेलिने खेल भनेर व्याख्या गर्छौं, तबसम्म खास विकास हुन सक्दैन । संसारभरी खेलकुदको गाइड गर्ने भनेको बडापत्र हो । हामीले ति बडापत्र भन्दा फरक कानुन निर्माण गर्यौ भने कन्ट्राडिक्सन हुन्छ, त्यही कारण खेलकुदमा अवरोध पुग्छ । अहिलेको विवाद पनि त्यही कारण भएको हो ।

हाम्रो देशमा अहिले सम्म पञ्चायत कालिन ऐनले काम गरिरहेका छन् । समय परिस्थिति अनुसार ऐन परिवर्तन हुन सकेन । पुरानो ऐनले सदस्यसचिव नै सर्वेसर्वा हो भन्छ, तर खेलको सबैपक्षलाई व्याख्या गर्ने सकेको छैन । खेलाडीलाई ऐनले चिन्दैन खेल व्यवस्थापकलाई चिन्दै चिन्दैन, राष्ट्रिय खेलाडीको हो अन्तराष्ट्रिय खेलाडीको भन्ने कुरा चिन्दैन ओलम्पिक कमिटी के हो भन्ने त्यहाँ कुनै चिनारी नै छैन । सङ्घको विषयमा कुनै स्पष्ट रुपमा कुनै व्याख्या नै छैन यसो भइसकेपछि त व्यक्तिमा निर्भर भयो व्यक्तिले जे भन्यो त्यही हुने भयो अनि त्यसले गर्दा कतिपय व्यक्तिले गर्ने काम कारबाहीहरु अनि अन्तर्राष्ट्रिय खेल्कुदको मूल्यमान्यता भन्दा फरक पार्दिन्छ । त्यसैले दुईवटा सँगै हुने कारणहरु पनि त्यही हो विवादहरु भइराख्ने कारणहरु सधैं त्यही भएर हो अब अहिले जुन ऐन आयो यसले सबै कुराहरुलाई समेटेको छ ।

भोली काम गर्दै जाने बेला व्यवहारमा नमिल्ने कुराहरु छन् भने त्यसलाई पुनरावलोकन गर्न सकिने व्यवस्था छ । अहिले हाम्रो ऐनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चाटर लाई स्वीकार गरेको छ त्यो अनुसारको काम गर्ने कुरा स्पष्ट लेखिएको छ । त्यसो भएको हुनाले अहिले यो ऐनले खेलकुदको विकास एउटा राम्रो वातावरण तयार पार्ने र सहयोग गर्ने काम गर्छ ।

हामी सँग धेरै मौलिक खेलहरु छन् त्यति हुँदाहुँदै पनि हामीले चिनेका धेरै खेलहरू छैनन् भनेर आरोप पनि लागि राखेका हुन्छन् अब हामी ती पछाडि परेका ग्रामीण समुदायमा खेलिने खेलहरु अग्रमोर्चामा ल्याउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

अब यस ऐनमा खेलकुदको क्यालेन्डर तयार गर्ने कुराहरु खेलकुदलाई बर्गिकरण गर्ने कुराहरु खेलकुदलाई प्राथमिक गर्ने कुराहरु सबै छन् । पछाडि परिरहेका ठाउँहरु जुन मुलधारमा आउन नसकेका कुराहरुलाई कसरी काम गर्ने भन्ने कुरामा अहिलेको त्यो संरचनाले बढी पाउँछन् ।

हुनेखाने मान्छे मात्र आउने स्थिति छैन एउटा दुरदराजमा भएका प्रतिभाहरु प्रस्फुटन गराउने काम अहिलेको संरचनामा छ । हिजो राष्ट्रिय खेलकुद परिषदले मात्र काम गर्थ्यो । केन्द्रिकृत व्यवस्था थियो । रंगशालामा प्रतियोगिता गर्न छनोट गरे पनि खुल्ला छनोट भनियो ।

हुम्ला, जुम्ला, रुकुम, रोल्पा अथवा दूरदराजका जिल्लामा पनि त प्रतिभा छन् । उहाँहरु आफ्नो घरबाट पैसा लिएर रंगशालामा आएर भाग लिन नकेका कारण उनीहरु बञ्चित भइराखेको अवस्था थियो । तर अब जुन विकेन्द्रित खालको संरचना जुन बन्यो प्रदेश, प्रदेशको संरचना छ ।

अब गाउँका दुरदराज ठाउँमा भएका प्रतिभाहरु प्रस्फुटन हुने एउटा अवसर छ । अर्को भनेको क्यालेन्डर बनाएर राष्ट्रिय खेलकुद परिषदले काम गर्छ । कुन ठाउँमा के कस्ता खेलकुद हुन्छ अनुसन्धान गर्ने वर्गीकरण गर्ने, कुन खेलमा लगानी गर्दा त्यसको एउटा उपलब्धि हाँसिल गर्ने सक्छौं त्यो कुराहरुलाई प्राथमिकतामा छुट्यएर वर्गीकरण गर्ने र त्यसको आधारमा विकासको लागि त्यसलाई प्राथमिकता दिने । यी कामहरु गरिसकेपछि के हुन्छ भने छोटो समयमा नै हामी धेरै प्रगति गर्न सक्छौं । तर अध्याय कनिका छोडेको जस्तो कुराहरुले अब हात्तीलाई पनि त्यति नै दाना र बाख्रालाई पनि त्यतिनै दाना भएको जस्तो भयो भने मिलेन त्यसैले खेलको पनि आफ्नो आफ्नो प्रकृतिहरु छ । कुनै खेलको एकदमै सम्भावना छ त्यसलाई अलि राम्रोसँग लगानी गर्ने हो । खेलाडीहरुलाई त्यो अनुसारको वातावरण दिने हो भने प्रगती गर्न सक्ने खेलहरू छन् ।

सम्भावना बोकेकालाई पनि त्यति नै लगानी अनि सम्भावना कम भएकालाई पनि त्यति नै लगानी गर्ने गरेका कारणले प्रगति गर्न सकेन यसकारण वर्गीकरण गरेर प्राथमिकता छुट्याएर लगानी गर्नु पर्छ भन्ने कुराहरु अहिलेको ऐनले व्यवस्था गरेको छ ।

यो टोकियो ओलम्पिकको कुरा त भयो एसियाली खेलकुदका लागि समर्थन जुटाउनका नेपाल आउन थालेका छन्, नेपालको तर्फबाट के छ, कस्तो–कस्तो लाई समर्थन गर्ने बताइदिनुस् न ?

हाम्रो लागि एउटा खुशीको कुरा हो भने नेपालीहरु मात्र जाने ठाउँ हो भन्ने जुन एउटा मनोविज्ञान थियो त्यहाँको एउटा शासकिय तहमा रहेका मान्छेहरुमा हामीलाई समर्थन छ भन्ने अहिले जुन वातावरण बनेको छ मलाई लाग्छ यो गौरवको विषय हो ।

हामीले सोच्ने भनेको हाम्रो देशको खेलकुदको लागि र खेलाडीको लागि हो । जसले बढि हिट गर्ने कुराहरु गर्छन् जसले बढि फाइदा दिने कुराहरु गर्छन् र त्यसमा नै हामीले ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । यसमा सरकारको पनि डिप्लोमेटिक रिलेशन भएको देश भएको कारणले पनि हामी सरकार सँग पनि सल्लाह गर्छौ । उहाँको प्रिजेन्टेसनहरु पनि हेर्छौं र संघीय सबै आधारमा नेपालको लागि जे गर्दा हिट हुन्छ हाम्रो खेलाडीहरूको लागि हिट हुन्छ खेलको लागि हिट हुन्छ त्यो कुरा हामी गर्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *