ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार नागरिकको जीवन माथि गम्भिर खेलवाड गर्दै, होम आईसोलेसनको नाममा मृत्युदर बढदो

सांकेतिक फाेटाे

मंसिर २८, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणदर घट्दै गएको सरकारी तथ्यांकले देखाउँछ । तर, विज्ञहरुले भने विगतमाभन्दा जटिल प्रकृतिका बिरामिहरु अस्पतालमा आउन थालेको बाताएका छन् ।

सरकारले गत कार्तिक २ गते अग्रमोर्चामा खटिने स्वास्थ्य, सुरक्षा तथा सरसफाईका कर्मचारी र विपन्न, अशक्त तथा असहायको मात्र कोरोना परीक्षण र उपचार खर्च निशुल्क हुने बतायो । सरकारले उक्त निर्णयको चौतर्फि आलोचना भयो । सरकारको उक्त निर्णय खारेज हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट समेत पर्यो । अदालतले उक्त निर्णय लागु नगर्न सरकारर्ला अन्तरिम आदेश दियो । अदालतको आदेशअनुसार कात्तिक २६ गते स्वास्थ्य मन्त्रालयले १ सय दशमलव ४ डिग्रि ज्वरो आएका रुघाखोकी वा स्वासप्रस्वासमा समस्या र गन्ध वा स्वाद गुमाएको जस्ता लक्षण भएकाहरुको पिसिआर परीक्षण र उपचार निशुल्क हुने निर्णय गर्‍यो ।

तर ज्वरो मापनकै आधारमा मात्र परीक्षणको व्यवस्थाले ज्वरोबाहेकका लक्षण भएकाहरु निशुल्क परीक्षण तथा उपचारका लागि तोकिएका अस्पतालबाट परीक्षण नै नगरि अस्पतालले फर्काउने गरेको छ ।

त्यस्तै संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाहरु पनि गाह्रो भएपछि मात्र अस्पताल जानेगरेकाले अहिले अस्पतालमा जटिल प्रकृतिका बिरामीको चाप बढेको छ । जसले गर्दा बिरामीको उपचारमा कठिमात्रै भएको छैन् विरामिको ज्यान समेत जाने गरेको छ ।

५ देखि ७ हजार सम्म दैनिक कोरोना संक्रमित थपिनेगरेको भएपनि पछिल्ला दिनमा २ हजार हाराहारीमा थपिंदा संक्रमणदर कम भएको तथ्यांकले देखाएपनि अधिकांश क्षेत्र खुला हुन थालेकाले जोखिम बढेको चिकित्सकहरुको भनाई छ ।

स्वास्थ्य मन्त्रालय पनि नागरिकस्तरमा सचेतनास्तर बढेकाले पिसिआर परीक्षणदरमा कमी आएकाले संक्रमित संख्या घटेपनि खुसि भइहाल्ने अवस्था नरहेको बताउँछ ।

अस्पतालका आसियु र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या भने दिनानुदिन बढ्दो छ । परीक्षणदर घटेकाले संक्रमण पुष्टि हुने संख्यामा कमी देखिएपनि कोरोना संक्रमितको मृत्युदरले जोखिम नघटेको देखाउने जानकारहरुको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *