ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौबीस घण्टामा थप आठ सय ९९ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

मंसिर २७, काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटअनुसार गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार २ सय ४२ वटा नमुना परीक्षणमा ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । त्यसैगरी गत चौबिस घण्टामा कोरोनाका कारण १५ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ जना पुगेको छ । त्यसैगरी गतचौबीस घण्टामा १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भए सँगै कोरोजा जित्नेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
देशभरका क्वारेन्टिनमा ५ सय १९ जना रहेको र सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *