ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०३० को एसियाली खेलकुद समर्थन जुटाउन साउदी अरेबियाका राजदूत नेपाल ओलम्पिक कमिटीमा

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालकालागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिबार  एसियाली खेलकुदका विषयमा शनिवार छलफल भएको छ ।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसंग छलफल गरेका हुन् ।

त्यस एसियाली खेलकुद आयोजनका लागि रियादसगै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो । राजदूतसगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसंग  थप छलफल हुने जानकारी दिए ।  

अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *