ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली पक्ष माधव- प्रचण्डलाई थर्काउने, प्रचण्ड-माधव ओलीलाई जसरी पनि बैठकमा सहभागि गराउने रणनीतिमा

नेकपाभित्रको दुई अध्यक्षविचको विवाद समाधानका लागी स्थायी कमिटीको अर्को बैठ्क आईतवारका लागी आव्हान गरिएको छ । उक्त बैठ्कमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने अडान राख्दै आएका छन् । तर यता प्रचण्ड माधव समुहले ओलीलाई बैठ्कमा जसरी भएपनि पनि वोलाउने नभए वहुमत सदश्यले निर्णय गरेर अगाडी वढ्ने चेतावनी दिदै आएको छ ।

आइतवार वस्ने नेकपाको स्थायी कमिटी बैंठ्क वहुप्रतिक्षित वन्दै गएको छ । सचिवालय बैठ्कमा प्रस्तुत भएका अध्यक्षद्धयका प्रतिवेदन स्थायी कमिटीमा पुगिसकेको छ । गत मंसिर २२ गते बसेको स्थायी कमिटी बैठ्कमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आफु अनुपस्थित रही पत्र पठाएपछी दुबै अध्यक्षको प्रतिवेदनमाथीको छलफल मंसिर २९ गते वस्ने बैठ्कमा गरिने निर्णय भएको थियो ।

उक्त निर्णय अनुसार आईवारवाट सुरु हुने बैठ्कमा दुबै अध्यक्षको प्रतिवेदन माथीको छलफल अगाडी वढ्ने स्थायी कमिटीका सदश्य भीम रावल वताउँछन् । आइतवारवाट सुरु हुने स्थायी कमिटीको बैठ्कमा यसअघीको सरकार तथा पार्टीको समसामयिक गतिविधि , कोरोना नियन्त्रणमा सरकारको भुमिका , एमसिसी विवाद, सिमामा भएका भारतिय अतिक्रमण लगायतका कार्यसुची र पछिल्लो विवाद पार्टीभित्रको विवाद समाधानको लागी कार्यसुची तय भएको नेता रावलको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भने आफु अनुकुल नहुनजेलसम्म स्थायी कमिटी बैंठकमा सहभागी नहुने अडानमा छन् । पार्टीका वहुमतका अडानमा सञ्चालन हुने कुनै पनि बैठ्कमा सामेल नहुने मुडमा प्रधानमन्त्री ओली देखिन्छन् । त्यसका लागी पार्टीको बैठ्कको समयमा सरकार विभिन्न गतिविधिलाई अगाडी वढाउने नीति अख्यतियार गर्दै आएका छन् ।

आइतवार वस्ने स्थायी कमिटीको बैठ्क छल्ल प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठ्क आव्हान गरेका छन् । यद्यपी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उक्त बैठ्कमा सामेल नहुने वताइसकेका छन् । अघिल्लो स्थायी कमिटीको निर्णयले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भुमिका दिइसकेकाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएमा वहुमतले निर्णय गरेर अगाडी वढ्ने नेता रावलले जानकारी दिए ।

नेकपा भित्रको विसवाद चरम उत्कर्षमा पुगेका समयमा पनि नेकपाका केही नेताहरु भने पार्टीभित्र वाहिर चित्रित गरिजस्तो विवाद नरहेको वताउँछन् । स्थायी कमिटीको बैठ्कमा प्रधानमन्त्रीको भौतिक उपस्थिति नरहेपनि अन्य माध्यमवाट उपस्थिति देखिरहेकाले विवाद समाधान हुने स्थायी कमिटी सदश्य शेरवहादुर तामाङको भनाई छ ।

आईतवार वस्ने स्थायी कमिटीको बैठ्कका लागी सम्पुर्ण स्थायी कमिटी सदश्यहरु काठमाडौं आइपुगिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले साझा प्रस्तावको माग गरिरहदा प्रचण्ड नेपाल पक्ष अध्यक्षद्धयको प्रतिवेदन माथीको छलफलवाट निष्कर्ष निकाल्ने रणनीतिमा देखिन्छ । ओली पक्ष नेताहरु माधव प्रचण्डलाई थर्काउने रणनीतिमा देखिन्छ भने प्रचण्ड माधव गुट ओलीलाई जसरी पनि स्थायी कमिटीमा वोलाएर दुई मध्ये एक पद खोस्ने रणनीतिमा देखिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *