ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’का नारा सहित ललितपुरमा राप्रपाको मोटरसाइकल र्‍याली

नेकपा भित्रको आन्तरिक किचलो तथा प्रमुख प्रतिपक्षी दलभित्र पनि उस्तै अवस्था श्रीर्जना भएका समयमा वैकल्पिक शक्तिको बहस समेत बढेको छ । आफुलाई वैकल्पिक शक्तिको रुपमा विकास गर्ने भन्दै पुन: विवेकशिल साँझाले एकिकरण गरेका छन् भने  सडकमा समेत राजा आउ देश बचाउका नाराहरु घन्किन थालेको हप्ता दिन भन्दा बढि भएको छ ।

सरकार भष्ट्राचारमा लिप्त भएको, जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा संवेदन हिन भएको जस्ता आरोप लगाउदैँ प्रखुम प्रतिपक्षी नेपाली काँग्रेसले मंसिर २९मा देश भर प्रदर्शन गर्दै छ । तेस्तै राप्रपाका दैनिक जसो प्रदर्शन देश व्यापी हुदैं आएका छन् ।

सनिवार मात्र राजतन्त्रको माग गर्दै ललितपुरमा विशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् । राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाको नेतृत्वमा शनिबार राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍याली निकालिएको हो ।

‘राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’का नारा सहित  सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *