ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमणको एक बर्ष- ७ करोड संक्रमित १६ लाख बढिको ज्यान गयो

कोरोना सुरु भएको एक बर्षको अवधिमा विश्वमा संक्रमितको सङ्ख्या ७ करोड १४ लाख नाघ्दा १६ लाख बढिले ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटरको तथ्याङ्क हेर्ने हो भने  विश्वभभर संक्रमितको संख्या ७ करोड १४ लाख नाघेको छ । भने हालसम्म विश्वभर १६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

संसारमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा एक करोड ६३ लाख व्यक्ति संक्रिमत हुदाँ मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ ।

तेस्तै छिमेकी देश भारतमा ९८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ४२ हजारको मृत्यु भएको छ ।

तेस्रोमा रहेको ब्राजिलमा ६८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ८० हजार व्यक्तिको मृत्यु भइसकेको छ । रुसमा २५ लाख ९७ हजार संक्रिमत हुँदा ४५ हजार व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा २३ लाख ५१ हजार संक्रमित हुँदा ५७ हजार व्यक्तिको मृत्यु भएको छ । बेलायतमा १८ लाख व्यक्ति संक्रमित हुँदा ६३ हजारको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *