हात्ती, बाघ, गैंडाको एक्स–रे देखि ‘होल बडी’ परीक्षणसम्मको सुविधा सहित चितवनमा पशु अस्पताल निर्माण
12 - 12Shares
चितवनको सौराहामा शुक्रवारबाट नेपालमा पहिलो घाइते तथा बिरामी वन्यजन्तुको उपचारका लागि वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ।
वन्यजन्तुलाई चोटपटक लाग्दा, बिरामी हुँदा उपचार गर्न सहज थिएन। पशुचिकित्सकहरू रहे तापनि उनीहरुलाई उपचारको काम गर्न असहज हुने गरेको थियो। ३ करोड ९० लाख ८४ हजार रुपैयाँ मा ३ तले पक्की भवन बनेर अस्पताल सञ्चालनसँगै अब बिरामी,अशक्त,घाइते वन्यजन्तुले समयमै उपचार पाउने भएका छन् ।
अस्पतालमा चारजना चिकित्सक र सातजना प्राविधिक बस्ने कोठा, ओपिडी, एक्स–रे कक्ष, प्रयोगशाला, अप्रेसन कक्ष, डिस्पेनसरी, पोर्टएवल एक्स रे, अल्ट्रा साउण्ड मेसिन, रगतको परीक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण गर्ने मेसिन, माइक्रोस्कोपसहितको ल्याब उपकारण, ग्यासबाट लठ्याउने सुविधासहितको अप्रेशन कक्ष रहेको छ । हात्ती, बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि ‘होल बडी’ परीक्षण गर्नेछ।
२०७१ सालको फागुन २० गते शिल्रयान्स भएको थियो ।