ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिन्धु घाटी सभ्यतामा मानिसले गाईको मासु खाने गरेको तथ्य फेला

एजेन्सी– विश्वको पुरानो सभ्यताको रुपमा सिन्धु घाटीको सभ्यता पर्दछ । मानविय जिवन वा मानवको सभ्यतालाई सिन्धु घाटीसंग जोडेर हेर्न गरिन्छ । यहि सभ्यताका विषयमा अनेकै सोध तथा अनुसन्धान भएका छन् । पछिल्लो एक अनुसन्धानले उक्त सभ्यतामा समेत मानिसहरु मांसाहारी रहेको देखिएको छ ।

उक्त अनुसन्धानका आधारमा सिन्धु घाटीका मानिसहरुले भौंसी,गाई, खसी बाख्राको मासु खानेको तथ्य फेला परेको हो । कैम्ब्रिज यूनिवर्सटीमा पुरातत्व-विज्ञान विषयमा पीएचडीको सोधका क्रममा सुर्यनारायणले यस्तो तथ्य सार्वजनीक गरेको छ ।

विशेषत यो सोधमा सिन्धुमा उप्पादन हुने कृषि सामग्री तथा खानपानमा विशेष प्राथमिकता दिएको छ । उक्त समयमा मानिसहरु के बस्तु खान्थे भन्ने विषयमा सोध केन्द्रित रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *