ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुष १ गतेदेखि पशुपती नाथ खुल्ने, स्वास्थ्य सुरक्षाको सम्पूर्ण तयारी पुरा

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुसको १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा .घनश्याम खतिवडाले बताए ।  

मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारिसकेको छ । मन्दिरको पश्चिमि मूलद्धार खुला गरि सिमित दर्शनार्थीलाई प्रवेश गराउने पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

श्री पशुपतिनाथ मन्दिर परिषर भित्र पालना गर्नुपर्ने नियम यस्ता छन् परिषर भित्र पालना गर्नुपर्ने नियम:  

कोषका कार्यकारी निर्देशक डा घनश्याम  खतिवडाका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ

मन्दिर भित्र प्रवेश गर्नको लागि ३ मिटरको दुरीमा गोलो घेरा बनाईएको छ

ज्वरो नाप्नको लागि थर्मल क्यामरा जडान गरिएको छ ।

भिडभाड कम गर्नको लागि सिमित दर्शनार्थी मन्दिर परिषरमा प्रवेश गराईनेछ मन्दिरको पश्चिमि मूल द्धार भक्तजनको लागि खुला गरिने र अन्य पुजा पाठको लागि भने सबै द्धार खुला हुनेछन् ।

मन्दिर भित्र माक्स लगाउन पाईने छ भेन गोलब्स लागउन पनि पाईने छ तर भित्र फ्याँक्न भने पाईने छैन । साबुन पानिले हात र खुट्टा धुने र मुख्य मन्दिर परिषरमा प्रवेश गरि पश्चिमि द्धारबाट दर्शन गरि  मन्दिर वरिपरि घुमेर दर्शन गर्न पाईने  

लगभग सरकारी स्वास्थ्य मापदण्डको प्रक्रिया पुरा गरिसकेका छौं कोषका कार्यकारी निर्देशक घनश्यामा खतिवडाले भने शिवरात्रिमा विशेष नयाँ योजना पनि बनाउँदैछौं ।

विश्वभरिका वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने श्री पुशपतिनाथको मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।

चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । यस वर्षका सम्पूर्ण पर्व लागयत साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शनको लागि खुला समेत  गरिएन । इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थिएन । अब भने सम्पूर्ण क्षेत्र खुला गरिएको र संक्रमणमा पनि कमी आएको हुनाले लाखौं भक्तजनको आस्थको केन्द्र श्री पशुपतिनाथ मन्दिरमा धार्मिक आस्था कायम होस भन्ने हेतुले खुल्ला गरिने कोषले बताएकव छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *