अध्यक्ष ओलीलाई जसरी भएपनि स्थायी कमिटिमा सहभागी गराएर अगाडी वढ्न दोस्रो तहका नेताहरुको जोड
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी भएपनि स्थायी समितिको बैठ्क वोलाउन पहल गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । प्रधानमन्त्रीलाई बैठ्कमा वोलाएर दुई अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन माथी छलफल गरेर विवाद समाधान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । नेकपाका दुई अध्यक्षविचको झगडा मिलाउन सचिवालय असफल भएपछी स्थायी कमिटिको बैठ्क आइतवार वस्ने निर्णय भएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको १९ पृष्ठ लामो प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठ लामो जवाफ सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकको आयोजना र त्यसमा छलफल हुने विषयवस्तु निश्चय गर्ने विधिप्रति अनसन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।
प्रधानमन्त्रीको असहमतिको वाजजुद अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैंठ्क वोलाउदै आएका छन् । तर पछिल्ला कुनै पनि स्थायी कमिटी वा सचिवालयका बैठ्क निर्णायक वन्न सकेका छैन् । आफ्नै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएको प्रचण्डको दस्तावेज सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ । जसमा पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री विफल भएको आरोप लगाइएको छ ।
प्रधानमन्त्री ओली पछिल्लो बैठ्कमा सहभागी नभएपछी सचिवालय बैंठक स्थायी कमीटीको बैठ्कमा प्रवेश गर्ने निर्णय गरेको छ । स्थायी कमिटीमा पनि माधव प्रचण्ड गुटको वहुमत रहेको छ । प्रधानमन्त्री उक्त बैठ्कमा सामाना गर्ने मनस्थितिमा देखिदैनन् । दुबै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन माथी स्थायी कमिटीमा छलफल गर्नुभन्दा पनि दुबै अध्यक्षको सहमतिमा नयाँ प्रस्ताव लिएर जानुपर्नेमा ओली पक्षधर नेताहरु देखिन्छन् । आइतवार वस्ने स्थायी कमिटी बैठ्कले कुनै पनि निर्णय दिन नसक्ने तथा वहुमतको आडमा जवरजस्ति गर्न खोजेमा पार्टी फुट्ने चेतावनी ओलीपक्ष धर नेताहरुको छ ।
जिल्लाभरीका नेता कार्यकर्तालाई विभिन्न नेताहरुले छुट्टाछुट्टै भेट गर्नुले नेकपा फुटको संकेत गरेको ओली निकट मानिने स्थायि समिति सदश्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ वताउँछन् । “ नेकपा फुटको नजिक छ , स्थायी कमिटीको बैठ्कले समाधान दिन सक्ने भएपनि दुबै अध्यक्षको प्रस्ताव छलफल गर्ने निर्णयले आरोप प्रत्यारोप मात्रै निमत्याउने र एक अर्कालाई खुइलाउने काम हुन्छ , गुरुङको भनाई छ ।” समाधान चाहाने हो भने स्थायी समिति दुई अध्यक्षको प्रतिवेदन भन्दा पनि साझा प्रतिवेदन वनाएर जानुपर्ने आगामी माधिवेशनवाट नेतृत्व चयन गर्नुपर्नेमा गुरुङको जोड छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफु अर्को चोटी उठ्दिन भन्नु भएकै छ , आगामी महाधिवेशनसम्म नकुर्ने प्रचण्ड माधव गुटको हट पार्टि तथा समस्त कम्युनिष्ट आन्दोलको विपरित भएको गुरुङको धारणा छ । स्थायी कमिटी पुरानै ठर्रामा गएमा वा वहुमतले निर्णय गरेमा पार्टी फुट्न सक्ने चेतावनी गुरुङले दिएका छन् ।
यता अर्का अध्यक्ष पष्पकमल दाहाल निकट मानिने नेता हरीवोल गजुरेल पनि जसरी भएपनि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी कमिटि बैठ्कमा वोलाउनुपर्नेमा जोड दिन्छन् । सचिवालले निर्णय गर्न नसकेपनि स्थायी कमिटिले निर्णय गर्न सक्ने उनको दावी छ । प्रधानमन्त्रीको उपस्थितिविना स्थायी कमिटीको बैठ्क वस्नु भनेको ओलीविरुद्ध कारवाहीको चरणमा पार्टी पुग्नु भएको उनको ठहर छ । त्यसैले दुबै अध्यक्षका कमी कम्जोरी रहेकाले त्यसलाई सच्याउने उद्देश्यतर्फ स्थायी कमिटीको बैठ्क अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली माथी दुई पद मध्ये एक पद छाड्नुपर्ने दवाव वढिरहेको छ । यद्यपी प्रधानमन्त्री ओलीले दुबै पद छाड्ने मनस्थितिमा देखिदैन् । त्यसैले ओली आफु अनुकुल अवस्था सृजना नहुँदासम्म बैंठकमा सहभागी हुने र प्रचण्डको प्रतिवेदन माथी छलफल होस भन्ने चाहादैनन् । बैठ्कमा सहभागी भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको निर्णय मान्नुपर्ने नैतिक दवाव पर्ने भएकाले उनी यसलाई टार्ने मनस्थितिमा देखिन्छन् ।
यता प्रचण्ड माधव गुटले ओलीमाथी संसद विघटन गर्ने र संकटकालको हतियार प्रयोग गर्न सक्ने आरोप लगाउदै आएपनि ओलीले त्यसको खण्डन गर्दै आएका छन् । ओलीले आफु सिधा र खुल्ला वहस गर्ने र आवश्यक परेमा छलकपट र दाउपेच विना सिधा लडाई लड्ने वताउदै आएका छन् ।।